spot_img

ताजा अपडेट

पाँच वर्षपछि वीरगन्जमा ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो

काबिल सम्वाददाता
   वीरगन्ज
स्वदेशी जुत्ता नेपाली नागरिकका खुट्टासम्म पु¥याउने उद्देश्यले सीमावर्ती शहर वीरगन्जमा ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ सुरु भएको छ । मुलुक भित्रै उत्पादित जुत्ता चप्पल नेपालीका खुट्टासम्म पु¥याउने लक्ष्य सहित दोस्रो वीरगन्ज फुटवेयर उक्स्पो २०८० लगाइएको हो ।
वर्तमान अवस्थामा आयातलाई प्रतिस्थापन गराउदै स्वदेशी जुत्ता चप्पल प्रयोगमा नागरिक सजग गराउने पनि लक्ष्य रहेको आयोजकले जनाएको छ । एक महिनासम्म संचालन हुने मेलाको आयोजना नेपालका १३ वटा जुत्ता उत्पादक कम्पनीको सकृयतामा भएको छ । यो मेलाको उद्घाटन वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले गरे । सो क्रममा उनले स्वदेशी उत्पादनको प्रवद्र्धन गरिनु राम्रो संकेत रहेको बताए ।
३० भन्दा धेरै ब्राण्डका ३ हजार बढि डिजाइनका जुत्ता–चप्पल एक्सपोमा राखिएको आयोजकहरुले बताएका छन् । मेलामा करिब ३ करोडसम्मको कारोवार हुने अपेक्षा गरिएको फुटवेयर एक्स्पोको आयोजक मध्ये जुत्ता चप्पल संघ नेपालका बरिष्ठ उपाध्यक्ष समेत रहेका सुरज बन्जाडेले बताए । नेपाली बजारमा जुत्ताको माग बार्षिक १० करोड जोर रहे पनि खपतका दृष्टिकोणले ६ करोड जोर जुत्ता मात्र रहेकोले उपभोक्ताको माग बमोजिम उत्पादनलाई थप बजारीकरण गर्नु पर्ने आवश्यकता पनि रहेकोले यसलाई पनि मध्यनजर गरी मेला आयोजना गरिएको उनले तर्क गरे ।
नेपाली उत्पादकसँग उत्पादनको क्षमता भने १६ करोड जोरसम्मको रहेकोले जुत्ताचप्पल उत्पादनमा नेपाल आत्मनिर्भर रहेको नेपाली जुत्ता चप्पल उत्पादक संघले जनाएको छ । यो मेलामा सुरभी पोलिमर्स, पवित्रा शु इण्डष्ट्रिज, फुट फेशन, बोस सुज कलेक्सन, वेलकम सुज स्टोर्सका जुत्ताचप्पल प्रदर्शनीमा राखिने छन् । त्यसैगरी हिमानी कलेक्सन, विशाल गार्मेन्ट इण्डष्ट्रिज, नियशा सुज इण्डष्ट्रिज, पारागन फुटवेयर उद्योग, शिखर सु इण्डष्ट्रिज प्रा.लि., सुबोध एण्ड सुस्मिता ट्रेडर्स, नमस्ते फुटवेयर प्रा.लि. र फटमाण्डु सुजलगायत १३ वटा कम्पनीका जुत्ता प्रदर्शनीमा राख्ने पनि आयोजकले जनाएको छ । वीरगन्जमा यस्तो मेला ५ बर्ष अगाडी पनि लागेको थियो । मेला लगाउनका लागि करिब १४ देखि १५ लाख लागत लाग्ने आयोजक मध्ये जुत्ता चप्पल संघ नेपालका बरिष्ठ उपाध्यक्ष बन्जाडेले बताए । यो मेलामा पर्सा, बारा, मकवानपुर र रौतहट सहित छिमेकी मुलुक भारतको पनि सीमावर्ती शहरबाट पनि ग्राहकहरु आउने आयोजकको अपेक्षा छ ।
कम्पनी र ग्राहकका बीचमा कुनै एजेन्सी नहुने हुँदा जुत्ता चप्पलको प्रकारका आधारमा मेलामा १५ देखि ५० प्रतिशतसम्मको छुट दिइने पनि आयोजनकले जनाएको छ । मेलाभर कुल ३५÷४० हजार जोडी जुत्ता–चप्पल बिक्री हुने अपेक्षा रहेको आयोजक मध्ये संघका बरिष्ठ उपाध्यक्ष बन्जाडे जनाए । एक महिनाको मेला अवधिभर करिब ७ लाख जति मानिसले अवलोकन गर्ने अनुमान गरिएको पनि उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ