spot_img

ताजा अपडेट

चैतारीको स्थापना दिवसमा पर्सामा प्रभात फेरी

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा पर्सामा पनि प्रभात फेरी निकालिएको छ । सोमबार बिहान पर्साको वीरगन्जस्थित घण्टाघर चोकबाट प्रभात फेरि निकालिएको हो ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको नेतृत्वमा निकालिएको प्रभात फेरी माईस्थान चोक, आदर्शनगर चोक हुँदै नगर परिक्रमा पश्चात पुनः घण्टाघर चोकमा पुगी कोण सभामा परिणत भएको छ । कोण सभालाई प्रेस चौतारी नेपाल मधेश प्रदेश सह–ईन्चार्ज श्याम बन्जाराले सम्बोधन गर्दै चौतारीको विगतको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ सशक्त भएर समय सापेक्ष रुपमा चौतारीकर्मीहरुले लाग्नु पर्नेमा जोड दिए ।
त्यसै गरी प्रेस चौतारीका पूर्व उपाध्यक्ष एवं एमाले प्रचार विभाग सदस्य महेश दासले जपक्षीय प्रगतिशिल पत्रकारहरुले प्रतिवद्ध कटिबद्ध भएर पत्रकारितामा लाग्नु पर्ने बताए । उनले संगठनका सवालमा पनि चौतारीमा आबद्ध पत्रकारहरुले संगठनको भूमिका, गरिमा र संस्थाको हित तथा निर्णय अनुसार सशक्त भएर लाग्नु पर्नेमा जोड दिए । त्यसै गरी प्रेस चौतारी पर्साका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्साका वर्तमान अध्यक्ष अनुप तिवारी, अध्यक्ष भण्डारी लगायतले पनि २५ बर्ष पूरा भइसकेको संगठनमा आबद्ध संचारकर्मीहरुले समयानुकुल परिस्कृत पत्रकारिता र सांगठनको गरिमा माथि उठ्ने गरी अरु अब्बल भएर लाग्नु पर्नेमा जोड दिए ।


सो कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका इन्चार्ज एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल, अग्रज पत्रकारहरु किरणराज पाण्डे, महेशचन्द्र गौतम, नेपाल पत्रकार महासंघका कोषध्यक्ष संजिब मिश्र, माई टेलिभिजनका संचालक शैलेश कुशवाहा, प्रधान सम्पादक किरण सत्याल लगायत पर्साका अग्रज पत्रकार सहित चौतारीमा आबद्ध पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ