spot_img

ताजा अपडेट

भगवान रामललाको आस्थामा ‘राममय’ वीरगन्ज

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
भारतको अयोध्यामा भगवान रामको मन्दिर स्थापना र रामललाको प्रतिमामा प्राण प्रतिष्ठा गरिएकै दिन वीरगन्जको जानकी मन्दिरमा पनि रामसीताको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ । बर्षौं मन्दिरको जग्गा अतिक्रमणको कोपभाजनमा परेको वीरगन्जस्थित जानकी मन्दिरको जग्गा अतिक्रमण मुक्त गरी यहाँ पनि भगवान रामसीताको मूर्ति स्थापनासँगै प्राणप्रतिष्ठान गरिएको हो ।
सोमबार यहाँका हिन्दुधर्मावलम्बीहरु अयोध्या र वीरगन्जको डबल उल्लासमा छन् । उता भारतको अयोध्यास्थित राम मन्दिर र वीरगन्ज १० मा भएको जानकी मन्दिरमा संयोगले एकै दिन रामसीताको मूर्तिमा प्राण प्रतिष्ठान भएको छ । यसले पनि वीरगन्ज मधेश प्रदेशका अरु जिल्लाभन्दा अझ राममय भएको छ । सोमबार बिहानैबाट वीरगन्जमा जय श्रीरामको नारा गुञ्जिएको छ । सडकमा रामसीताको आस्थासँग जोडिएका ध्वजापताकाहरुले वीरगन्ज शहरलाई नै चिटिक्क पारी हरेक सडकबाट जयश्रीरामको नारा सहित ¥यालीहरु निकालिएका छन् । जताततै राम र हनुमान अङ्कित झन्डा फहराइएका छन् ।
पर्साको ठोरीमा रामको जन्मभूमि भएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेको केही बर्षभित्रै जिल्लाको ठोरीमा नभई सदरमुकाम वीरगन्जमा चाही रामसीताको मन्दिरमा सर्लक्क भगवानको शालिक अनावरण गरी प्राणप्रतिष्ठान भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा मधेसभरि उल्लासमय वातावरण त बनेकै छ । भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रंगरोगन गरेर चिटिक्क बनाइएका छन् ।
त्रेतायुगमा नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाउँदा नेपाल पनि उल्लासमय बनेको सर्वसाधारणको भनाइ छ । “त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेकोले उता रामललाको प्राण प्रतिष्ठाको अवसरमा यता मधेश प्रदेश पनि राममय भएको उनीहरुको भनाइ छ । सबै हिन्दु सनातन धर्मावलम्बीका लागि यो गौरवको कुरा भएको पनि स्थानीय दिपु गुप्ताले बताए ।
भारतमा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका लागि सीताको माइती गाउँ धनुषाबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकेको जानकी मन्दिर संचालक समितिले पहिले नै सार्वजनिक पनि गरिसकेको थियो ।

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन धनुषाको जानकी मन्दिरमा १ लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिने तयारी छ । त्यसै गरी वीरगन्जको माईस्थान मन्दिर लगायतका मठ मन्दिरमा पनि बिशेष रुपमा बत्ती बालिदैछन् ।
वीरगन्ज महानगरपालिकामा २०७९ सालमा आएका नयाँ जनप्रतिनिधिको सकृयतासँगै व्यक्तिको कोपभाजनबाट यहाँको जानकी मन्दिरको जग्गा अतिक्रमण मुक्त गराई मन्दिरको जग्गामा भगवान रामसीताको सोमबार प्राणप्रतिष्ठा गरिएको छ । यस कार्यले पनि वीरगन्जवासीमा भने डबल उल्लास भएको छ । वीरगंज महानगरपालिका सहित मधेश प्रदेशका १ सय ३६ वटै पालिकाहरुले छिमेकी राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठान हुने दिन भव्य दिपावली गर्ने तयारी गरिरहेका समयमा वीरगन्ज अझ आफ्नै नगरभित्र कब्जा भएको जानकी मन्दिरको जग्गा मुक्तिपछि सो स्थानमा रामसीताको मूर्तिमा प्राणप्रतिष्ठान भएपछि सोमबार साँझ यसको उल्लासमा लागातार ४५ मिनेट आतिसवाजी गरिदैछ । वीरगन्जमा स्थापित जानकी मन्दिरमा भगवान रामसीता र हनुमानको मूर्तिमा प्राणप्रतिष्ठा गर्ने महानगरापालिकाले नै अगुवाई गरेको हो । साँझ भव्य आरती हुने र वीरगन्जमा नमूना दिप प्रज्ज्वलन गर्ने समेत कार्यको आफूहरुले नै अगुवाई गरेको वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले बताए । पालिकाकै अगुवाई भएपछि यहाँका स्थानीय स्वःस्फुर्त कार्यक्रममा होमिएका छन् ।
सोमवारका दिन माछामासु, मदिराजन्य पदार्थ सेवन तथा विक्री वितरणमा पनि रोक लगाइएको छ । उता छिमेकी मुलुक भारतको अयोध्या र पर्साको वीरगन्जमा नै भगवान रामसीताको मूर्ति र प्राणप्रतिष्ठानको लहरले मधेश प्रदेश हिन्दुहरुका आरध्यदेव भगवानको आस्थामा लपक्ककै छाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ