spot_img

ताजा अपडेट

पर्साको वीरगन्ज बन्यो आस्थाका भगवान ‘राममय’

- Advertisement -

काविल सम्वाददाता
वीरगन्ज
बर्षौं मन्दिरको जग्गा अतिक्रमणको कोपभाजनमा परेको वीरगन्ज १० स्थित जानकी मन्दिरको जग्गा अतिक्रमण मुक्त मात्र भएको छैन । वीरगन्ज महानगरपालिका सकृय हुँदा अहिले सो जग्गामा रामसीताको मूर्ति स्थापनासँगै सोमबार अर्थात माघ ८ गते (२२ तारिक) मा प्राणप्रतिष्ठान समेत हुँदैछ । यो कार्यले वीरगन्ज भगवान रामको आस्थामा राममय भएको छ ।
पर्साको ठोरीमा रामको जन्मभूमि भएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भनाइसँगै चुलिएको रामको चर्चा केही बर्षभित्रै पर्साको सदरमुकाम वीरगन्जमा पनि रामसीताको प्राणप्रतिष्ठानले राममय भएको छ । सोमबार पर्साको वीरगन्जस्थित घडिअर्वा पोखरी छेउमा निर्माणाधिन जानकी मन्दिरमा रामसीताको मुर्ति स्थापनासँगै प्राणप्रतिष्ठान गर्ने भव्य तयारी छ ।
सोमबार नै भारतको अयोध्यामा पनि भगवान रामको प्राणप्रतिष्ठान हुने तयारी छ । उताको लर्कोसँगै वीरगन्ज राममय हुने कारण अर्को पनि भएको हो । यसको तयारीमा आईतबार नै वीरगन्ज त वेहुली झैं सिंगारिएको छ । वीरगन्ज महानगरपालिकामा २०७९ सालमा आएका नयाँ जनप्रतिनिधिको सकृयतासँगै व्यक्तिको कोपभाजनबाट रामजानकी मन्दिरको जग्गा अतिक्रमण मुक्त गराई मन्दिरको जग्गामा भगवान रामसीताको मुर्ति स्थापनासँगै प्राणप्रतिष्ठान हुने भएको हो । यो कार्यले पनि वीरगन्ज आफै पनि हर्षविभोर छ ।
वीरगंज महानगरपालिका सहित मधेश प्रदेशका १ सय ३६ वटै पालिकाहरुले छिमेकी राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठान हुने दिन भव्य दिपावली गर्ने तयारी त गरेकै छन् । तर वीरगन्ज अझ आफ्नै नगरभित्र कब्जा भएको जानकी मन्दिरको जग्गा मुक्तिपछि सो स्थानमा रामसीताको मूर्ति स्थापना र प्राणप्रतिष्ठान हुने भएपछि डबल खुसीमा छ ।


यसको अगुवाई वीरगन्ज महानगरपालिकाले नै गरेको छ । सोमबार साँझ यसको उल्लासमा लागातार ४५ मिनेट आतिसवाजी गरी उल्लास मनाउने कार्यक्रम समेत रहेको वीरगन्ज महानगरापालिकाका महानगर प्रमुख राजेशमान सिंहले बताए । साँझ भव्य आरती हुने र वीरगन्जमा नमूना दिप प्रज्ज्वलन हुने समेत उनको भनाइ छ । पालिका कै आह्वान तथा स्थानीयको स्वःस्फुर्त अभियानले सर्वसाधारण गाउँ–गाउँमा भव्य दिपावली गर्ने तयारीमा जुटेका छन् । पर्सा नै राममय हुने अघिल्लो दिन अर्थात आईतबार नै वीरगन्ज विभिन्न ध्वजापताका र दीपले चिटिक्क छ ।
सोमवारका दिन माछामासु, मदिराजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न वीरगन्ज महानगरद्वारा सूचना जारी गरिएको छ । यो कार्यका लागि पूर्णरुपले रोक लगाइएको छ । सूचनाको अवज्ञा गरी माच्छामासु तथा मदिरा जन्य पदार्थ सेवन वा बिक्री वितरण गर्ने पसल व्यक्तिलाई कानुनी कारवाही सहित जरिवाना गर्ने चेतावनी समेत पालिकाले दिएको छ । जानकी माताको नगरी रहेको मधेश प्रदेशका अधिकाँश पालिकाहरुले पनि उक्त कुरा पालना गर्ने गरी आ–आफ्नै सर्कुलर समेत जारी गरेका छन् ।
उता छिमेकी मुलुक भारतको अयोध्या र पर्साको वीरगन्जमा नै भगवान रामसीताको मूर्ति र प्राणप्रतिष्ठानको लहरले मधेश प्रदेश हिन्दुहरुका आरध्यदेव भगवानको आस्थामा जुरुक्कै उठेको छ । हरेक हिन्दुले आ–आफ्नो घर तथा गाउँ टोल समुदायमा सोमबार साँझ दिप प्रज्वलन गरी उत्सव मनाउन हिन्दु परिषद् नेपालले पनि आह्वान गरेको छ । यस क्षेत्रका विभिन्न मठ मन्दिरमा लाखौं दिप प्रज्ज्वलन गर्ने तयारी तिब्र छ ।
बाराको महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पनि एक लाख ५१ हजार दिप प्रज्वलन गर्ने तयारी रहेको महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बताए । भारतको अयोध्या र वीरगन्जमा समेत ‘मर्यादा पुरुषोत्तम भगवान श्रीरामको गुणगान चुलएको छ । अयोध्याको बिषयमा ‘पाँच सय वर्षपछि भगवान राम आफ्नो घरमा पाल्नु हुने चौतर्फी चर्चा छ । हिन्दुहरुको अराध्यदेव मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य मन्दिरको प्राण प्रतिष्ठा हुने सोमबारको दिनलाई उत्सवकै रुपमा मधेश प्रदेशमा नै मनाइदैछ । यसको लागि सोमबार बिहानैदेखि विभिन्न ठाउँमा ¥याली र झाँकीहरु निकाल्ने तयारी भएको छ । वीरगन्जमा पनि ३० हजारभन्दा बढिको उपस्थितिमा झाँकी र ¥याली निकालिने विश्व हिन्द परिषद् नेपाल पर्साले पत्रकार सम्मेलन नै गरी जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ