spot_img

ताजा अपडेट

सूर्य हस्पिटलले मधेशमा आइभीएफ सेवा नपाइने विगतको ग¥यो क्रमभंग

सूर्यमा एकैपटक तीन सन्तानसम्मको जन्म 
काबिल सम्वाददाता
निसन्तान दम्पतिले आई भी एफ पद्धतिबाट सन्तान प्राप्तिका लागि मधेश प्रदेशमा सेवा नपाइने विगतको परम्परालाई वीरगन्जस्थित सूर्य अस्पतालले क्रमभंग गरिदिएको छ । वीरगन्जको सूर्य अस्पतालले यो सेवा सुरु गरेपछि एक वर्षको अवधिमा ५० जोडीले सन्तान प्राप्त गरिसकेका छन् । यो तथ्याँकले मधेश प्रदेशबाट आई भी एफ सेवा लिन बाहिर जानुपर्छ भन्ने विगतको निरन्तरता क्रमभंग भएको हो ।
लामो समय सन्तान नपाएका पीडित जोडीले काठमाण्डौ र बाहिर गएपछि मात्र सेवा पाइन्छ भन्ने मनोरोगलाई पनि यो उपलब्धीले निधान गरेको स्थानीयको दावी छ । वीरगन्जबाट अब आई भि एफ सेवाबाट सन्तान प्राप्त हुने भएपछि स्थानीय निसन्तान दम्पती र उनका परिवारमा सन्तान पाउन थालेपछि खुशी छन् ।
सोमबार पनि १५ बर्षसम्म सन्तान नपाएका सर्लाहीको कविलासी ७ का एक दम्पतिले वीरगन्जको सूर्य अस्पतालबाट आई भि एफ सेवाबाट एकै पटक ३ सन्तान प्राप्त गरे । सामान्य परिवारमा रहेका ती दम्पतिको १५ वर्षसम्म सन्तान पाएका थिएनन् । तर गएको सोमबार भने दम्पतीले एकै पटक एक छोरा र दुई छोरी प्राप्त गरेका छन् । ‘नेपालका विभिन्न अस्पताल र चिकित्सकको सल्लाह वेकार भइरहेको समयमा सर्लाही एक व्यक्तिले वीरगन्जको सूर्य अस्पतालमा गए आई भि एफ पद्धतिबाट सन्तान प्राप्त गर्न सकिने भनेपछि हामी पनि यहाँ आएको हौं’ नवजातशिशुको ठूलीआमाले बताइन् । अन्ततः देउरानीका एकै पटक तीन सन्तान भए उनले हास्तै खुलासा गरिन् । ‘यो वर्ष त हाम्रो परिवारमा पनि एकैपटक तीन सन्तान प्राप्त भए । यो अस्पतालका डाक्टरहरु भगवान नै रहेछन्’ उनले भनिन् ।
आई भी एफ पद्धति त्यो पनि एकै पटक तीन सन्तानको जन्म गराउन कत्तिको चुनौति भयो ? भन्ने जिज्ञासामा सूर्य हस्पिटलकी संचालिका तथा बरिष्ठ स्त्री तथा बाल रोग बिशेषज्ञ मोनिका सिंहले सामान्य अवस्था त नभएको तर्क गरिन् । दुईवटा भ्रुणलाई अण्डाशयमा राखिएकोमा पछि भित्रै एउटा भू्रणबाट दुई र एउटाबाट एउटै गरी तनि बच्चाको एकै पटक जन्म हुन पुगेको उनले प्राविधिक पक्ष औल्याउँदै बताइन् । यो पद्धतिबाट बच्चा जन्माउन चिकित्सकहरुले प्रायः दुईवटा भ्रुण राख्ने गरिन्छ उनले भनिन् । विश्वमा यो पद्धतिबाट बच्चा जन्माउन ५०–६० प्रतिशत सफलता मिले पनि सूर्य हस्पिटलको प्रतिशत भने योभन्दा निकै उच्च रहेको डा सिंहको भनाइ छ । विवाह भएको २५ बर्षसम्म सन्तान नपाएका निसन्तान दम्पतीले समेत ४७ बर्षको उमेरमा पनि हामीसँग यो पद्धतिबाट सेवा लिएपछि सन्तान प्राप्त गरेको डा.सिंहको भनाइ छ । आफूहरुसँग सेवा लिने मध्ये लामो समयको अन्तरालमा बच्चा जन्माउने त्यो दम्पती दर्ज भएको सूर्य हस्पिटलले जनाएको छ ।
आई भि एफ पद्धतिबाट हस्पिटलमा सोमबार जन्मिएका तीन बच्चा मध्ये एउटा अढाई केजी र दुईवटा डेड–डेड केजीका छन् । डेडकेजीका दुईमध्ये एक छोरा हुन् । दुई छोरी र एक छोराकी आमाको अवस्था र बच्चाको अवस्था ठिक छ सूर्य हस्पिटलका बालरोग बिशेषज्ञ डा कुशराज गिरीले भने । डा.गिरी सहित एनेस्थेसिया डा.कुमार दिगम्बर, रेडियोलोजिष्ट डा. पुष्प अधिकारी, प्रशुतिरोग बिशेषज्ञ डा.मोनिका सिंह र अस्पतालका संचालक डा.सरोज कुमार सिंहको चिकित्सकको समूहले यो सेवा दिदै आएको सूर्य चिकित्सकहरुको भनाइ छ ।
सेवा प्रारम्भ भएको बर्षदिनको अवधिमा आइ भि एफ पद्धतिबाट सूर्य अस्पतालबाट ५० जोडीले  सन्तान प्राप्त गरिसकेको सूर्य अस्पतालका संचालक डा. सरोज सिंहले बताए । मधेश प्रदेशबाट यो सेवाका लागि काठमाण्डौ या बाहिर जान पर्ने सर्वसाधारण र गरिब नागरिकलाई लक्षित गरी बाहिरभन्दा सस्तोमा वीरगन्जमा नै सेवा दिने अठोटका साथ सेवा सुरु गरेको एक बर्षमा नै धेरै निसन्तान दम्पतीको पीडामा मलमपट्टी लगाउन हस्पिटलले सकेको उनको तर्क छ । दम्पतीको अवस्था हेरी २ देखि साढे ३ लाखसम्ममा यो सेवा दिइरहेको डा.सिंहले बताए ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ