spot_img

ताजा अपडेट

चारबुँदे निर्णय, चौतारी पर्साको पहिलो बैठक सम्पन्न

- Advertisement -

काबिल सम्वाददाता
प्रेस चौतारी नेपाल पर्सा शाखाको नयाँ कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न चार बुंदे निर्णय गर्दै चौतारी पर्सा शाखाको नयाँ कार्य समितिको पहिलो बैठक सम्पन्न भएको हो ।
शाखाको अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ कार्य समितिलाई निर्वाचित गर्ने जिम्मेवार व्यक्तिहरुलाई धन्यवाद ज्ञापन, नयाँ खाता संचालनमा नयाँ नेतृत्वका जिम्मेवार व्यक्तिको हस्ताक्षर परिवर्तन, चौतारीको कार्यालय व्यवस्थापन र यसै महिना भित्र एउटा वनभोज गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकले पुस १३ गते सम्पन्न बिशेष अधिवेशन सफल पार्न सहयोग गर्ने प्रेस चौतारीका केन्द्रिय अध्यक्ष, महासचिव, एमालेका प्रचार प्रसार बिभागका सचिव, प्रचार विभागका केन्द्रिय सदस्यहरु, संगठनका केन्द्रिय सचिव तथा मधेश प्रदेश ईन्र्चाज, पार्टीका केन्द्रिय सदस्य, पार्टीका पर्सा अध्यक्ष, चौतारीका केन्द्रिय सदस्यहरु, चौतारीका पर्सा ईन्र्चाज, चौतारी पर्साका पुर्व अध्यक्षहरु, चौतारीका अग्रज पत्रकारहरु, पार्टीका नेतागण लगायत चौतारीका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
बैठकले नयाँ कार्य समितिले बैंक खाता संचालन गर्न कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुनेगरी अध्यक्ष वा सचिव मध्ये एकको पनि हस्ताक्षर हुने गरी बैंक खाता संचालन गर्ने पनि निर्णय गरेको छ । यसैगरी बैठकले चौतारी पर्सा शाखाको कार्यालय संचालनको लागि उपाध्यक्ष राजेन्द्र सिंह, सह सचिव धन्नजय मिश्र र कोषाध्यक्ष संतोष पटेललाई उपयुक्त ठाँउ खोजी गरी कार्यालय व्यवस्थापन गर्न जिम्मेवारी तोकेको पनि निर्णय गरेको छ । बैठकले आगामी पुस २८ गते चौतारीका सम्पूर्ण सदस्यहरु सहभागी हुने गरी एउटा वनभोज कार्यक्रम गर्ने पनि निर्णय गरेको चौतारी पर्साका सचिव राकेश साहले बताए ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न बैठकमा उपाध्यक्षद्वव राजेन्द्र सिंह र निलम पन्त, सचिव साह, सह सचिवद्वय धन्नजय मिश्र र कृष्णा कुशवाहा, कोषाध्यक्ष संतोष पटेल, सदस्यहरु राम कुशवाहा, एस.के चौरसिया, आरोहण साह, रश्मिराज भण्डारी, पन्नालाल साह, राजन कुमार सिंह, शोभा धमला, कृष्णा श्रीवास्तव, शेख सजाद हुसेन, राजु प्रसाद साह, नविन कार्की, बलिराम यादव, कमला भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ