spot_img

ताजा अपडेट

विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काटिएपछि विरोधमा संघ

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
लोडसेडिङaको सयममा अतिरिक्त विद्युत् प्रयोग गरेका उद्योगले ७ वर्ष वितिसक्दा पनि त्यसको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले ती उद्योगको लाइन काटिदिएपछि वीरगन्ज उद्योग बाणिज्य संघ विरोधमा उत्रिएको छ । वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रका पनि ८ वटा उद्योग विद्युत लाइन काटिने उद्योगको लिष्टमा परेपछि वीरगन्ज उद्योग बाणिज्य संघ त्यसको विरोधमा उत्रिएको हो ।
मुलुकको पुरानो वीरगन्ज पथलैया कोरिडोर क्षेत्रका जगदम्बा स्टिल, जगदम्बा इन्टरप्राइजेज, अशोका स्टिल, नारायणी स्पात, त्रिवेणी यान र सेन्थेटिक, हामा आइरन, हुलास स्टिल लगायतका उद्योगको विद्युत् लाइन काटिएको छ । यसको विरोधमा संघले मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरी विद्युत प्राधिकरण र नेपाल सरकारसँग ती उद्योगको लाइन जोड्न माग गरेको छ । संघले असान्दर्भिक र अव्यावहारिक नीतिका कारण यतिबेला औद्योगिक ग्राहकहरू अन्योल र अन्यायमा परेको दावी पनि गरेको छ ।
प्राधिकरणले अहिलेसम्म २७ ओटा उद्योगको लाइन काटिसकेको र तीमध्ये पर्सा÷बारा औद्योगिक कोरिडोरका ८ ठूला उद्योगहरू पनि त्यो पीडामा परेको संघका अध्यक्ष अनिल कुमार अग्रवालले बताए । लाइन काटिएका उद्योगकोे उत्पादन बन्द हुँदा कामदार कर्मचारीहरू समेत सडकमा आइपुगेको उनको भनाइ छ । आर्थिक मन्दीले उद्योग व्यापार धराशयी हुने अवस्थामा पुगेको बेला सरकारको नीतिगत अदूरदर्शिताले औद्योगिक वातावरण जोखिमयुक्त बनेको अध्यक्ष अग्रवालको भनाइ छ । ‘विद्युत् लाइन काटिएका उद्योगहरूमा २४ घण्टाभित्र आपूर्ति सूचारु गरी उच्चस्तरीय समिति बनाई महसुल तिर्ने व्यवहारिक नीति सुनिश्चित गरिदिन संघले माग गर्दछ’ उनले भने ।
उद्योगीहरूले डेकिकेटेड र ट्रंक लाइनबाट खपत गरेको महशुल तिर्दैनौं कहिल्यै पनि भनेका थिएनौं । तथापि उपभोग नै नगरेको विद्युत्को महशुल जबर्जस्ती तिराउन खोजिनु चाहिँ अन्यायपूर्ण भएको मात्र नीजि क्षेत्रको अडान रहेको संघको भनाइ छ । ‘आर्थिक मन्दीको मारले थलिएका उद्योगहरू सधैंको लागि बन्द हुन सक्ने र त्यहाँ कार्यरत २० देखि २५ हजार श्रमिकले रोजगारी गुमाउनेसम्मको कठोर नीति विद्युत् प्राधिकरण र सरकारले गरिदिनु हुन्न वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपालले बताए । उद्योगको लाइन काटी उत्पादन नै बन्द गर्दै उद्योगलाई पंगु बनाएर समस्याको समाधान निस्किदैन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ताले भने । अवस्थाको सहि आँकलन नभए सधैंका लागि ती उद्योग बन्द हुन सक्ने दिन टाढा नभएको उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ