spot_img

ताजा अपडेट

महानगरको अस्तित्वमा रहेका सबै समिति खारेज

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
कर्मचारी र जनप्रतिनिधि मिलाएर वीरगन्ज महानगरपालिकाले अहिलेसम्म गठन गरेका सबै समितिहरु अब अस्तित्वमा नरहने भएका छन् । महानगर प्रमुख राजेशमान सिंहले नै आधिकारिक रुपमा ती सबै समितिहरु खारेज गरिएको जनाए पछि अब महानगरको अस्तित्वमा रहेका सबै समिति अस्तित्वहिन भएका हुन् ।
महानगरले कर्मचारी र जनप्रतिनिधि सम्मिलित विभिन्न १७ वटा समितिहरु गठन गरी अस्तित्वमा रहेको महानगरका कर्मचारीहरुले खुलासा गरे । मंगलबारकै दिनदेखि नै ती सबै समितिहरु खारेजीमा परेका छन् । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल मंगलबारबाट महानगर छोड्दै गर्दा समितिको अस्तित्वको कुरा पनि मेयर सिंहले मंगलबारबाटै टुंग्याई दिएको रहस्योद्घाटन भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर कोशी तर्फ जाँदै गरेकै दिन नीतिसंगत नभएका केही समितिको अपजश पछि आइनपरोस भनी मेयर सिंहले चलाखी अपनाएको हुन सक्ने प्रमुखकै महानगरकै केही तेज कर्मचारीहरुको आँकलन छ ।
महानगर प्रमुख सिंहद्वारा जारी पत्रमा ‘वीरगञ्ज महानगरपालिका अन्तर्गत कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागितामा विभिन्न समितिहरु गठन भएको थियो, त्यो सबै समितिहरु आजैको मितिदेखि लागू हुने गरी खारेज गरिएको व्यवहोरा सबैमा जानकारी गराइन्छु ।’ भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ