spot_img

ताजा अपडेट

spot_img

सकिदै चाडपर्व नसकिने अवैध कारोवार

काबिल सम्वाददाता
वीरगन्ज
नेपाली माझ यो वर्षका ठूला चाडपर्व सकिन थाले पनि अवैध कारोवार भने सकिने छाँट छैन । पर्सा प्रहरीले पटक–पटक बिल बिजकभन्दा बढि समान लोड गरेको मालवाहक सवारी पक्राउ पछि यस्तो कारोवारको निरन्तरता भेटिएको हो ।
पर्सा प्रहरीले मंगलबार राती पनि २३ बजेर ५५ मिनेटमा कागजी डकुमेन्टमाभन्दा बढि खुद्रा सामान लोड गरी कास्की तर्फ जाँदै गरेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको सो मालवाहक सवारीमा अन्दाजी ७९ लाख ५६ हजार मूल्यबराबरको सामान रहेको पनि पर्सा प्रहरीको दावी छ ।
वैध सामान मात्र नभई अवैध पनि सामान भेटिएपछि प्रहरीले थप अनुसन्धान र आवश्यक कार्वाहीको लागि बुधबार बाराको राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए । ट्रकमा बिल बिजकभन्दा बढि खुद्रा सामान लोड गरिएको भेटियो उनले पुष्टि गरे । यो कार्य अवैध कारोवार भित्रै पर्ने पर्साका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता थापाको भनाइ छ । रातीको समय पारेर सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गरी गन्तव्य तर्फ लान खोजेको ना ३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको उनले बताए ।
सो ट्रक वीरगन्ज महानगरपालिका १४ गण्डकबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पाएको सूचना अनुसार चेकजाँच गर्दा बिल बिजकमा भएकोभन्दा बढि सामान लिएर कास्की तर्फ गइरहेको भेटिएपछि मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
गएको कार्तिक १६ गते पनि पर्सा प्रहरीले बिल बिजकभन्दा बढि मेडिकलका सामग्री लोड गरी रौतहट तर्फ जाँदै गरेको ना ७ ख ६८७५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कार्वाहीको लागि राजश्व कार्यालय पथलैया बुझाएको थियो । सो ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर १३ प्रतिमा चोकस्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको थियो । उक्त ट्रकमा ३९ लाख ८२ हजार ६ सय ७४ रुपैयाको मालबस्तु रहेको प्रहरीको दावी थियो ।
चाडपर्व पहिले गएको कार्तिक १२ गते पनि पर्सा प्रहरीले साँझ पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बाटै भारतबाट भन्सार छली सोझै चोरी पैठारी गरी वीरगन्ज बाहिर पठाउँदै गरेको १ सय १ बोरा चीनी र ३ सय २३ बोरा चामल बरामद गरेको थियो । चीनी प्रति बोरामा ५० केजी र चामल पनि ३० केजी प्रति बोरामा रहेको खुलेको थियो । सो सामान पनि थप अनुसनधान र आवश्यक कार्वाहीका लागि प्रहरीले बाराको पथलैयामा रहेको राजश्वय कार्यालयमा पठाएको थियो ।
पर्सा प्रहरीले सो चीनी र चामलको कुल मूल्य ६ लाख ५८ हजार ३ सय कायम गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ