spot_img

ताजा अपडेट

मध्य तराईमा पनि भव्य मनाइयो छठ

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
मध्य तराईको पर्सा, बारा र रौतहटमा पनि यो वर्षको छठ पर्व भव्य रुपमा मनाइएको छ । आस्था र विश्वासको प्रतीकका रुपमा मध्य तराईको भोजपुरा क्षेत्रका पर्सा, बारा र रौतहटमा पनि छठ पर्व भव्य रुपले मनाइएको हो ।
पारिवारिक समृद्धि र सु–स्वास्थ्य तथा दीर्घायुका लागि बिशेष निष्ठाका रुपमा ४ दिनसम्म मनाइने यो पर्वको मुख्य षष्ठी तिथीमा साँझ नदी तलाउमा पुगी छठ घाटमा पुगेर सूर्यलाई अघ्र्य दिने परम्परा छ । सोही अनुसार आईतबार साँझ यो क्षेत्रका नदी तलाउमा पुगी ब्रतालु तथा भक्तजनले सूर्यलाई अघ्र्य दिदै छठ पर्व मनाए । बर्षमा दुई दिन नदी तलाउमा पुगी साँझ र बिहानको सूर्यलाई अघ्र्य चढाउने चलन अनुसार यस क्षेत्रका नदी, तलाउ वा पोखरीहरु दुलही झैं सिंगारिएका छन् । यहीं पुगेर श्रद्धालु तथा भक्तजनले श्रद्धापूर्वक पर्व मनाएका छन् । पर्वको समयमा सँझिया घाटमा श्रद्धालु भक्तजन र दर्शनार्थीको घुईंचो लागेको छ ।
केही दशक पहिले हिन्दु धर्मावलम्बीहरुले मात्र मनाउने यो पर्व पछिल्लो समयमा सबै जातजाती र धर्म सम्पदायका मानिसले मनाउन थालेका छन् । अझ सुरु–सुरुमा तराईको मात्र पर्व भनिएको छठ पर्व अहिले पहाड र हिमाल चढ्दै समग्र देशकै पर्वका रुपमा स्थापित भइसकेको छ । अहिले काम बिशेषले जो जहाँ पुगेको छ, त्यही यो पर्व मनाउने क्रम बढ्दा नेपाली पुगेको नेपाल बाहिर समेत छठ पर्व मनाउन थालेको स्थानीय श्रद्धालु तथा भक्तजनको भनाइ छ ।
फोटो बिशेष ः

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ