काबिल सम्वाददाता
वीरगन्ज
विपतमा सधैं अग्रपंतीमा रहने नेपाली सेना यत्तिकै अग्रपंतीमा हुने गरेको भने होइन । उसले विपत आउनु पूर्व पनि निरन्तर पूर्व तयारी र भवितव्यबाट मानवीय र अन्य क्षति कम गर्ने उद्देश्यका हरेक अभ्यासहरु गरिरहेको हुन्छ । त्यसैले नेपाली सेना अग्रपंतीमा पुग्ने र प्रशंका पाइरहने गर्दछ । कर्म गरेपछि त्यसको मूल्याँकन त स्वभाविक हुनु पर्छ नै । जुन नेपाली सेनाले निरन्तर राम्रो कार्य गरी पंशंसा पाउने गरेको छ । नेपाली सेनाको सामुदायिक विपत प्रतिकार्य तालिम संचालनको पछिल्लो कदम पनि त्यसैको निरन्तरता हो ।
यो तालिममा नेपाली सेनाको श्रीजंग गणले स्थानीय अगुवा र महानगरका कर्मचारी समेत गरी २२ जनालाई आफ्नै परिषर भित्र केही ज्ञान सिकाएको छ । विपत्मा सेना र प्रहरी पुग्नु पूर्व स्थानीय नै प्रायः पहिले घटनास्थलमा पुग्न सक्ने कुरालाई पनि आँकलन गरी विपत आइपरे वा आउनु पूर्व के–के गर्ने रु भनी त्यहाँ ४ दिनको तालिम संचालन गरिएको छ ।
गएको २१ कार्तिकदेखि २४ कार्तिकसम्म वीरगन्जको श्रीजंग गणले संचालन गरेको सामुदायिक विपत प्रतिकार्य तालिममा समुदायमा काम गर्ने वीरगन्ज महानगरका वडाध्यक्ष, नगर प्रहरी, केही कर्मचारी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान लगायतलाई समाजमा रहेर काम गर्दा विपत्बाट बच्न वा विपत आइपरे त्यसबाट अरुलाई बचाउन प्राविधिक ज्ञान दिइएको छ । तालिममा सहभागीहरुले पनि यस्ता अभ्यासले धेरै सजग बनाएको र प्राविधिक ज्ञान पाइएको बताए । यस्ता ज्ञान त निरन्तर चाहिने रहेछ उनीहरुले भने ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिए । सो तालिममा नेपाली सेनाका सहायक रथी सानुकाजी थापाले विपत पूर्व र विपत् पछि गरी चार किसिमका तयारी गर्नु पर्ने औल्याए । उनले विपत् पूर्व क्षति कम होस् भनी क्षति रोक्न विपत् पूर्वको तयारी, सधैं तत्परता, विपत् आइहाले तत्काल उद्दार र रिकभरीको काम गर्नुपर्ने कुरामा उनले जोड दिए । सुरुको चरण अर्थात विपत् आउनु पूर्व गर्ने तयारीले क्षतिलाई धेरै कम गर्न सकिने हुँदा यसमा सबैले चनाखो भएर निरन्तर सजगताका कार्य गरिरहनु पर्ने सहायक रथी थापाको भनाइ छ । त्यसैले तालिममा सिकेका कुरालाई हरेक टोल, समाजको सानो–सानो तहमा विस्तार गर्न पनि उनले सहभागीहरुलाई सुझाव दिए ।
कार्यक्रम समापनका क्रममा श्रीजंग गणका गणपति डायमण्ड कार्की, स्थानीय, समाजसेवी, संचारकर्मी लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ ।