spot_img

आरमी र प्रहरी बीच शनिबार वीरगन्जमा घमासान भिडन्त हुने

काबिल सम्वाददाता
वीरगन्ज
‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ को फाइनल खेलमा आरमी र प्रहरीका बीच वीरगन्जमा घमासान भिडन्त हुने भएको छ । फाइनल प्रवेश गर्दै त्रिभुवन आरमी क्लव विजेता मध्ये एक दावेदार भएपछि आरमी र प्रहरीको यहाँ घमासान भिडन्त हुने भएको हो ।
बिहिबार वीरगन्जमा भएको अन्तिम सेमिफाइनलबाट त्रिभुवन आरमी क्लब फाइनलमा प्रवेश गर्दै अर्को विजेताको दावेदार मध्ये नेपाल प्रहरी क्लवसँग भेट पक्का गरेको हो । वीरगन्जमा गएको कार्तिक १८ गतेबाट जारी प्रथम वीरगन्ज गोल्डकप २०८० को दावेदार मध्ये नेपालका ४ टिम र भारतका दुई टिम फाइनलमा प्रवेश गर्न नसकेपछि उनीहरु फाइनलको दावेदार हुने बाटो सकिएको छ ।
यता नेपाल प्रहरी क्लव भने बुधबार नै आयोजक भेट्रान सिटी क्लबसँग घिटीघिटी हुँदै अन्तिममा फाइनल प्रवेश गर्न सफल भई विजेता मध्ये दावेदार बनेको हो । तर त्रिभुवन आरमी क्लबका लागि भने फाइनल प्रवेश ट्राइब्रेकरसम्म पनि नपुगी अलि सहज भएको छ । दुवै टिमको यो फाइनल प्रवेशले आम खेलप्रेमी दर्शकमा भने हतियारको तालिम प्राप्त दुवै तर्फका खेलाडी मध्ये खाली हातको भिडन्त रोमाञ्चक बन्ने भएको छ ।
फाइनल प्रवेशका लागि प्रहरी टिमले आयोजक भेट्रान सिटी क्लवलाई पराजित गरेको भोलीपल्ट बिहिबार त्रिभुवन आरमी क्लवले पनि शंकटा क्लबलाई १ का बिरुद्ध ० गोलले पछि पार्दै फाइनलमा प्रवेश गरेको छ । आरमीको यो जितसँगै वीरगन्जमा आरमी र प्रहरीका बीच भाले जुधाईको खेल सुनिश्चित पनि भएको छ । त्रिभुवन आरमी र नेपाल प्रहरी दुवै वीरगन्ज गोल्डकपका अपराजित टिम हुन् । आगामी शनिबार भने दुई मध्ये एक टिम हार्ने पनि पक्का भएको हो ।
त्रिभुवन आरमी क्लवले गएको मंगलबार झापा एफ सी लाई २ का बिरुद्ध ० गोलले पछि पारेको थियो । नेपाल प्रहरीले गएको सोमबार भारतको कोलकत्तास्थित क्लाईभ हाउस टिमलाई पनि ७–१ गोलले स्तब्ध पार्दै सेमिफाइनल तर्फ सोझिएको थियो । फाइनल प्रवेशका लागि भएको सेमिफाइनलमा भने प्रहरीलाई सहज भएको थिएन । आयोजक भेट्रान सिटी क्लवले निकै होस उडाएको थियो । अन्ततः ट्राइव्रेकरको पनि ‘सटेन डेथ’ को सहाराबाट प्रहरी अगाडी बढेको थियो ।


आरमीका लागि भने कुनै खेलमा ट्राइब्रेकरको सहारा लिन परेको छैन । बिहिबार भएको खेलमा पनि निर्धारित ९० मिनेटको समयमा नै शंकटा क्लबलाई १–० गोल अन्तरले पछि पार्दै विजयी यात्रा तय गरेको छ । तथापि दोस्रो गोल गर्न भने यो खेलमा आरमीले पनि सकेन । पहिलो हापमा आरमीका खेलाडी जर्सी नम्बर ३० का रिपु भोलनको गोल नै निर्णायक गोलमा परिणत भई आरमी क्लब विजयी भएको हो ।
आगामी २५ कार्तिकमा हुने फाइनल खेलको बिजेताले मधेश प्रदेशकै खेलकुद तर्फको सबैभन्दा ठूलो धनराशी ११ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले पनि अरु दिन जस्तो हारे पछि खाली हात घर नफर्की ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी र पदक पाउने आयोजक भेट्रान सिटी क्लबले पहिले नै घोषणा गरिसकेको छ । यो बर्ष कुन टिम विजेता र उपविजेता बन्ने हुन् त्यो थाहा पाउन त दुई दिन कुर्नै पर्ने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●