काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जमा जारी गोल्डकपमा आयोजक भेट्रान सिटी क्लवको फाइनल पुग्ने यात्रा नेपाल प्रहरी क्लबले टुँग्याइदिएको छ । ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ को फाइनल प्रवेशका लागि अन्तिमसम्म प्रहरीलाई हम्मे–हम्मे पारेको भेट्रान सिटीलाई ट्राइब्रेकरको सटेन डेथमा एक गोल अन्तरले पछि पार्दै प्रहरी क्लबले आयोजक टिमको फाइनल पुग्ने यात्रा टुँग्याइदिएको हो ।
प्रहरी क्लबले भने ५–४ को अवस्था सृजना गरी १ गोल बढिले फाइनल प्रवेश गरेको छ । सामान्य भिडन्त नभई ट्राइव्रेकरको पनि ‘सटेन डेथ’ बाट प्रहरीले पनि मुस्किलले फाइनल प्रवेश गरेको हो । बुधबार वीरगन्जमा जारी प्रथम वीरगन्ज गोल्डकप प्रतियोगितामा प्रहरीको भिडन्त आयोजक भेट्रान सिटी क्लबसँगै भयो । तर गएको सोमबार भारतको कोलकत्तालाई हराए जस्तो सहज भने प्रहरीलाई पनि भएन । अन्ततः ट्राइव्रेकरको पनि ‘सटेन डेथ’ को सहारा लिन प¥यो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले गोललाई जाली चुमाउन सकेनन् । फलतः खेल ट्राइब्रेकरका आधारमा निर्णयमा पुगेको छ । ट्राइव्रेकरमा पनि सुरुका ४–४ प्रहार मध्ये समान २–२ गोलले मात्र जाली चुमे । त्यसपछि सटेन डेथको माध्यमबाट ५–४ को अवस्थामा प्रहरी ले १ गोलमात्र बढि गर्दै फाइनल यात्रा तय गरेको हो ।
नेपाल प्रहरीको तर्फबाट जर्सी नम्बर ७ का रामचन्द्र वोजे र जर्सी नम्बर ३० का बुद्ध तामाङ्गले हानेको गोललाई भेट्रान सिटी क्लवका गोलकिपर राजु नगरकोटीले बिफल तुल्याई दिए । अरु खेलाडी जर्सी नम्बर ८, ३, १६, २ र २४ का खेलाडी क्रमशः प्रताप गुरुङ्ग, पृथ्वी चौधरी, उज्वल राई हेमन्त श्रेष्ठ र विवेक सन्तोषीलेले भने गोललाई जाली चुमाई दिए । भेट्रान सिटीका भने गोलकिपर राजु नगरकोटी, मुसा, अबी लामा, सजल डंगोल, कोर्लस पटेल, श्रिषस थापा र राजन चौधरीले गोल प्रहार गरे । तर उनीहरु मध्ये तीन जनाको गोल भने गोलमा परिणत हुन सकेन । अन्ततः अन्तिममा पुगेर आयोजक भेट्रान सिटीले हारमा चित्त बुझाउनु प¥यो । बुधबारको खेलमा नेपाल प्रहरीका गोल किपर शत्रुधन चौधरी म्यान अफ दी म्याच घोषित भए । उनलाई भेट्रान सिटी क्लवका महासचिव पंकज श्रेष्ठले प्रदान १० हजारको चेक र ट्रफी प्रदान गरे ।
बिहिबारको सेमिफाइनल भने त्रिभुवन आरमी क्लव र शंकटा क्लवका बीच हुने आयोजक संस्था भेट्रान सिटी क्लबका अ्रध्यक्ष सुदिप बस्नेतले बताए । आरमी र शंकटा क्लबको विजेता टिमसँग आगामी २५ कार्तिकमा फाइनल खेल हुने उनको भनाइ छ । यो खेलको बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी र पदक पाउने छन् । यो धनराशी मधेश प्रदेशकै खेलकुद तर्फको सबैभन्दा ठूलो धनराशी भएको आयोजकको दावी रहेको छ ।
आयोजक भेट्रानको फाइनल यात्रा समाप्त, नेपाल प्रहरी फाइनल प्रवेश
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्