शंंकटासँग सेमिफाइनल भिडन्त पक्का
काबिल सम्वाददाता
वीरगन्ज
त्रिभुवन आरमी क्लवले झापा एफ सीलाई स्तब्ध पार्दै आफ्नो जित सुनिश्चित गरेको छ । मंगलबार वीरगन्जमा भएको ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ को खेलमा झापा एफ सीलाई स्तब्ध पार्दै त्रिभुवन आरमी क्लवले आफ्नो जित सुनिश्चित गरेको हो ।
यो जितसँगै आरमी क्लव सेमिफाइनल प्रवेश पनि गरेको छ । त्रिभुवन आरमी फुटबल क्लवको यो जितले सेमिफाइनलमा भने काठमाण्डौको शंकटा क्वलसँग भेट पक्का गरेको पनि हो । अब बिहिबार वीरगन्जमा आरमी क्लव र शंकटा क्लवका बीच भिडन्त हुने आयोजकले जनाएको छ ।
त्रिभुवन आरमी क्लवले मंगलबार झापा एफ सी लाई २ का बिरुद्ध ० गोलले स्तब्ध पार्दै पराजित ग¥यो । बिहिबार उसँग भिड्ने शंकटा क्लवले भने चर्च ब्वाइज क्लवलाई पराजित गर्दै पहिले नै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
मंगलबारको खेलमा नेपाल आर्मी क्वलका जर्सी नम्बर ७ का निरज कुमार साहले पहिलो हाफको ८ औं मिनेटमा नै गोल गर्दै आर्मीलाई जितका लागि बाटो सुनिश्चित गरे । हाफ टाइम पछि पनि झापा एफ सी का बिरुद्ध आर्मीको जर्सी नम्बर ३६ का फत्तेमान गोलेले डिबक्स बाहिरबाट प्रहार गरेको गोलले गोलकिपरलाई छल्दै जाली चुम्यो । फत्तेमानको यो गोल टिमको जितका लागि अझ फत्ते सावित भयो । मंगलबारको खेलमा म्यान अफ दी म्याच पनि गोले नै भए । उनले १० हजारको चेक र ट्रफी पनि पाए ।
प्रथम वीरगन्ज गोल्डकपको बुधबारदेखि हुने खेलहरु भने सेमिफाइनलका खेल भएको आयोजक भेट्रान सिटी क्लवका अध्यक्ष सुमित बस्नेतले बताए । पहिलो दिनको सेमिफाइनलको भिडन्त भने बुधबार आयोजक भेट्रान सिटी क्लव र नेपाल प्रहरी क्लवका बीच हुने पनि आयोजकले जनाएको छ । दोस्रो दिन अर्थात बिहिबारको सेमिफाइनल भने मंगलबारको बिजेता त्रिभुवन आरमी क्लव र शंकटा क्लवका बीच हुने आयोजक संस्था भेट्रान सिटीका महासचिव पंकज श्रेष्ठले बताए ।
आगामी २५ कार्तिकमा हुने फाइनल खेलका बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी र पदक पाउने आयोजकले पहिले नै घोषणा गरिसकेको छ । यो धनराशी मधेश प्रदेशकै खेलकुद तर्फको सबैभन्दा ठूलो धनराशी भएको दावी गरिएको छ ।
त पक्का