spot_img

चर्चलाई हराउँदै शंकटा विजयी

विश्वजित भण्डारी
वीरगन्ज
वीरगन्जमा जारी ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ को दोस्रो दिनको खेलमा काठमाण्डौको शंकटा क्लवले काठमाण्डौकै चर्च ब्वाइज क्लवलाई ० का विरुद्ध ४ गोलले पराजित गरेको छ । पहिलो गोल खाएदेखि नै दवावमा रहेको चर्च व्याइज क्लवले गोलको कुनै खाता खोल्न नसकी शुन्य बलमा नै चित्त बुझाउनु परेको हो ।
सुरुको ४५ मिनेटमा शंकटा क्वलका लागि जर्सी नम्बर ११ का समिर राईले पहिलो गोल गरी टिमलाई विजयी लक्ष्यतर्फ उन्मुख गराएका थिए । हाफटाइम पछिको १५ मिनेट भित्र नै शंकटाकै जर्सी नम्बर ९ का टिम क्याप्टेन गणेश हमालले आफ्नो टिमको लागि दोस्रो गोल गरी जीतलाई थप सुनिश्चित गरे । त्यस पछिका २ गोल भने शंकटाकै जर्सी नम्बर ७ का फोफना फोडेले आफ्नो नाममा दर्ज गराउँदै टिमको लागि भने ४ गोल पु¥याए । आइतबारको खेलमा म्यान अफ दी म्याच पनि उनै फोफना फोडे खोषित भए । उनलाई आयोजक भेट्रान सिटी क्लबका बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले १० हजारको चेक प्रदान गरे ।


९० मिनेटको खेलमा हाफटाइम पछिको खेलमा भने चर्च ब्वाइज क्लवले निकै आक्रामक खेले पनि कुनै गोल फर्काउन नसकी ४ गोल खाँदै बोझिलो हारको भारी बोक्नु प¥यो ।
यल्लो कार्ड बरर
दुवै काठमाण्डौकै चिरपरिचित टिमका बीचमा भएको खेलमा पहिलो हाफमा ठिकै खेले पनि त्यसपछि भने आक्रामक खेलेका खेलाडीहरुले यल्लो कार्ड भने धेरै पाए । दुबै टिमका गरी पाँच खेलाडीले यल्लो कार्ड खाँदै खेलाडी चाही निकै आक्रामक खेलेको संकेत गराए । हुन त हार खान परेको झोंंकमा हुन सक्छ चर्च ब्वाइजका खेलाडीले पँहेलो (यल्लो) कार्ड खाने क्रममा चाही शंकटाका खेलाडीलाई जिते । दोस्रो ४५ मिनेटको खेलमा मात्र चर्चका जर्सी नम्बर १०, ११ र १३ का ३ खेलाडीले यल्लो कार्ड पाए । उता शंकटा क्लबका पनि टिम क्याप्टेन अर्थात जर्सी नम्बर ९ का गणेश हमाल सहित जर्सी नम्बर २३ का गौरव श्रेष्ठले पनि यल्लो कार्ड पाए ।
शनिबारको विजेता भेट्रान सिटी क्लब वीरगन्ज र शंकटा क्लव काठमाण्डौ दुवै टिम सेमिफाइनलका लागि प्रवेश गरेको आयोजक संस्था भेट्रान सिटी क्लव वीरगन्जका महासचिव पंकज श्रेष्ठले बताए । भोलीको खेल नेपाल पुलिस क्लब र भारतको कोलकत्तास्थित क्लाईभ हाउस डम–डमका बीच हुने पनि उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●