काबिल सम्वाददाता
वीरगन्ज
स्व बिन्दु पाण्डे स्मृति प्रतिष्ठानको साधारण सभा होटल गेट वे अफ वीरगन्जमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभामा नेपाल पत्रकार महासंघ पर्साका सस्थापक तथा प्रतिष्ठानका बरिष्ठ सल्लाहकार शंकर खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । साधारण सभाले प्रतिष्ठानको आगामी कार्य दिशालाई सशक्त बनाउन कानूनी प्रक्रियाहरुलाई अझ व्यवहारिक बनाउँदै अगाडी बढ्ने प्रस्ताव पारित गरेको छ । २०७३ सालमा स्थापना भएको संस्थाको जीवनमा आइपरेका राम्रा र नराम्रा पक्षहरुको घनिभूत समिक्षा गर्दै पत्रकार महिला मैत्री संस्थालाई अझ उचाइमा पु¥याउने लक्ष्यका साथ कार्यसम्पादन गर्दै अगाडी बढ्ने पनि प्रस्ताव अनुमोदन गरेको छ ।
बन्दशत्रको समिक्षा पूर्व उद्घाटन कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा नेपाल पत्रकार महासंघ पर्साका संस्थापक, पर्सेली पत्रकारिता जगतका धरोहर शंकर खतिवडाले राम्रा कामले लोकप्रियता बटुलिरहेको संस्थाले अझ नमूना काम गर्नुपर्ने सुझाव दिए । नेतृत्वको सुझबुझले संस्था अझ चलायमान बनाउँदै अगाडी बढ्नु राम्रो संकेत भएको तर्क गरे ।
कार्यक्रममा अन्य सल्लाहकारहरु तथा संस्थाका संस्थापक सरोज खड्का, शेषमन पण्डित, मनोज मिश्रले संस्थाको भावी लक्ष्यमा अझ सशक्त भएर लाग्न कार्य समितिलाई प्रेरित गरे । पत्रकारमैत्री महिला नेतृ रम्भा मिश्र लगायतका वक्ताहरुले संस्थाको विगतका काम निकै सह्रानीय रहेको भन्दै पत्रकार महिलाहरुको हितकारी यो संस्थालाई थप अब्बल बनाउँदै लान पर्ने सुझाव दिए । कोरोना कहर व्योहोर्दै विभिन्न आरोह–अवरोह पार गरी यहाँ आइपुगेको संस्थाको राम्रो काम देखेर बिचलित हुनेहरुका कुनै षडयन्त्रका पछाडी नपरी लक्ष्यमा अझ डटेर लाग्न साधारण सभाले संस्थालाई मार्गनिर्देश गरेको सहभागीहरुको तर्क छ ।
स्व. बिन्दु पाण्डे स्मृति प्रतिष्ठानले पर्सेली पत्रकार महिलाहरुलाई अझ उत्साहित बनाउन पत्रकार महासंघ पर्सा शाखाको संस्थापक पत्रकार महिला सदस्यको नाममा स्थापना गरेको पुरस्काकरबाट पर्साका पत्रकार महिला माधुरी महतो, कबिता खड्का, लक्ष्मी खरेल, विमला गुप्ता, एनि कुँवर लगायतलाई सम्मान गरिसकेको छ । त्यसै गरी संस्थापक अध्यक्ष विजयप्रकाश विनको नाममा पनि जेष्ठ तथा सकृय पुरुष पत्रकारहरु मध्ये दुई जनालाई सम्मान गरिसकेको छ । कार्यक्रममा संस्थाकी उपाध्यक्ष कबिता खड्का, कोषाध्यक्ष प्रेम शर्राफ, सदस्यहरु गीता भण्डारी, निलम पन्त, शोभा धमला तथा सबनम भट्टराई लगाएतको सकृय सहभागिता रहेको थियो । कार्यक्रम पश्चात स्व. बिन्दु पाण्डे स्मृति प्रतिष्ठानले फोक्सोको संक्रमणबाट पीडित पत्रकार नेहाल खानलाई नारायणी अस्पतालमा नै पुगी उपचारका लागि सानो सहयोग पनि गरेको छ ।