spot_img

ताजा अपडेट

लालबन्दीमा हतियारधारीद्वारा लुटपाट, गोली लागेर एकजना लुटेरा घाइते

सर्लाही, ४ असोज । लालबन्दी नगरपालिका–५ शान्तिटोलमा बिहीवार हतियारधारी समूहले लुटपाट गरेको छ ।
बिहीवार बिहान २ बजे रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूह प्रवेश गरेका थिए । मुखमा रूमाल बाँधेर आएका ५–६ जनाको समूहले ठाकुरको घरबाट नगद र केही सामग्री लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रतिकारको क्रममा चक्कु प्रहारबाट ठाकुर घाइते भएको र उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
लुटेरा समूहले घरमा गोली प्रहार गर्दा उक्त गोली लुटेरा समूहलाई लागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । घाइते लुटेरा धान खेतबाट भाग्दा रगतै रगतको टाटा देखिएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ