spot_img

ताजा अपडेट

हृदयघातबाट एसपी थपलियाको निधन

काबिल सम्बाददाता
वीरगन्ज
पर्सा कार्यक्षेत्र भई वीरगन्जमा रहेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर १३ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । सशस्त्र एसपी थपलियाको शनिवार मध्यान्ह हृदय घात (हर्ट अट्याक) बाट मृत्यु भएको हो ।
आफ्नो दैनिकी सकी शनिबार बिहान साइकलमा बाराको गढीमाई पुगेर आएपछि बसिरहेको समयमा हृदयघात भएको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई केही अप्ठरो भएपछि तत्काल वीरगन्जको नेपाल मेडीसिटी वयोधा अस्पतालमा पु¥याएपछि त्यही उनको निधन भएको पर्साका पर्सा प्रहरीले जनाएको छ । ४४ वर्षीय थपलियाको उपचारकै क्रममा निधन भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।
शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको गोलघरमा बसिरहेको समयमा एसपी थपलिया अचानक अचेत भएर लडेपछि अस्पताल लगिएको सशस्त्र प्रहरी बल गण नं. १३ का प्रहरीहरुले बताए । लगत्तै उनलाई उपचारका लागि मेडीसिटी वयोधा अस्पतालमा लगिएको तर बचाउन सकिएन उनीहरुले दुःखित् हुँदै बताए ।
नुवाकोट स्थानीय घर भएका एसपी थपलियाको निधन प्रति घटनास्थल पुगेर र सामाजिक संजाल मार्फत पनि विभिन्न उच्चपदस्थ व्यक्ति लगायत उनलाई चिन्ने सबैले समवेदना प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ