spot_img

ताजा अपडेट

खुल्ला सीमा अवसर र चुनौति बिषयक बुद्धिजिवी परिषद्को अन्तरक्रिया

- Advertisement -

तुलसी भण्डारी
वीरगन्ज
बुद्धिजिवी परिषद् मधेश प्रदेश समिति वीरगन्जले शनिबार वीरगन्जमा ‘नेपाल भारत खुल्ला सीमाना राष्ट्रको लागि अवसर वा चुनौती’ बिषयक अन्तरक्रिया गरेको छ । नेकपा एमाले निकट बुद्धिजिवी परिषद्ले नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरेको हो ।
बुद्धिजिवी परिषद् मधेश प्रदेशका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् राजेन्द्र प्रसाद कोइराला र प्रा.डा.कामानन्द देवले अलग–अलग कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्र माथि बुद्धिजिवीहरुले टिप्पणी गरे । सो क्रममा खुल्ला सीमाका फाइदा वेफाइदा सहित आयका कुराहरुले पनि प्रवेश पाए । उक्त सन्दर्भमा विभिन्न पक्षहरु औल्याउँदै आर्थिक लाभहानीको समिक्षा सहित नेपालीले भारतमा गएर कमाउने पैसाभन्दा भारतीय नागरिकहरु नेपाल आएर कमाई लाने पैसाको ‘भोल्यूम’ ठूलो हुने गरेको औल्याइएको हो । त्यसै गरी वेफाइदा तर्फ दोहोरो नागरिकता बनाई यहाँको श्रोत साधन दोहन गरी उतै लिएर जाने शैली पनि नेपालको हकमा नभएको टिप्पणीकर्ता अधिवक्ता वीरेन्द्र यादव र पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेको तर्क छ । ती कार्यपत्रहरु माथि भएका टिप्पणी र सुझावहरुमा भारतीय नागरिकले २५ हजार मात्र नगद लिएर नेपाल प्रवेश गर्र्न पाउने नीतिमा दायरा बढाइनु पर्नेमा पनि जोड दिइएको छ ।
नेपालीहरु भारतमा गएर जति पैसा कमाउँछन्, त्योभन्दा बढि भारतीय नागरिकले नेपालमा आएर पैसा कमाई जाने गरेको बुद्धिजिवीहरु मध्ये कार्यपत्र प्रस्तुत कर्तासमेत रहेका राजेन्द्र कोइरालाले पनि औल्याए । शनिबार वीरगन्जमा गरिएको ‘नेपाल भारत खुल्ला सीमाना राष्ट्रको लागि अवसर वा चुनौती’ बिषयक अन्तरक्रियामा उनले निकै सटिक बिषयबस्तुहरु प्रस्तुत गरेका थिए ।


नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पनि प्रमुख अतिथिको रुपमा बोल्दै खुल्ला सीमा भनिए जस्तो पैठारी र निर्यातका सन्दर्भमा भारतबाट आयात जति खुल्ला र सहज तरिकाले हुने गरेको छ उति नेपाल तर्फबाट नहुने गरेको बताए । नेपालबाट निर्यात हुने कुरामा भने भारतले चाहे अनुसार हुने तर नेपालमा भने उताबाट प्रायः सबै बस्तु सहजै आउन सक्ने उनले तर्क गरे । सन्धी सम्झौता र व्यापारको कुरा जहिले पनि भारतको अलि बढि प्राथमिकतामा पर्ने गरेको यसलाई सन्तुलित गर्दै जानु पर्ने नेपालको कर्तव्य पनि रहेको महसचिव पोख्रेलको सुझाव छ ।
छिमेकी–छिमेकी बीचमा जति सौहाद्रतापूर्ण परिवेश निर्माण हुनु पर्ने हो त्यसमा समय–समयमा हुने विभिन्न नकारात्मक प्रचारहरुलाई न्यूनिकरण गरी अगाडी बढ्न दुवै देशका प्रबुद्ध व्यक्तिहरु मध्ये चार–चार जनाको समूहले तयार पारेको रिपोर्ट भारतले बुझ्न आलटाल गर्नुले पनि बाहिरी नराम्रा हल्ला न्यूनिकरण गर्न अझै बाँकी रहेक उनको तर्क छ ।
सन्तुलित व्यवहारका लागि रानीतिक चेत र विकासमा जोड
नेपालीले लिइरहेका विभिन्न लाभहरुमा अझ बढाई खुल्ला सीमामा हुने अपराधिक कृयाकलाप र अवैध चोरी तस्करी तथा लागु औषध ओसार पसार जस्ता कुरा दुवै देशको समन्वयमा निस्तेज पार्दै अगाडी बढ्नु पर्ने बुद्धिजिवीहरुको सुझाव छ । बुद्धिजिवी परिषद् मधेश प्रदेशका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डा.सन्तोष साहले स्वागत मनतव्य व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष गुप्ताले दुवै कार्यपत्र र मुख्य अतिथिको कुरा र सुझाव व्यवहारत लागु भए मात्र कार्यक्रमको सार्थकता हुने भन्दै सहभागी सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरे । नेपाल भारत खुल्ला सीमाको लाभ र चुनौतिलाई सन्तुलित गर्न नेपालको नेतृत्व तहमा हुने राजनीति चेत र विकासमा जोड दिई आत्मनिर्भरतामा जोड दिइनु पर्ने अन्तरक्रियाको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ