spot_img

ताजा अपडेट

नेपाल शिक्षक महासंघ छिपहरमाई गापाद्वारा धर्ना कार्यक्रम

वीरगंज, २८ साउन । नेपाल शिक्ष्Fक महासंघ छिपहरमाई गाउँपालिका, पर्साले आज छिपहरमाई गापा कार्यालय अगाडि धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकास्तरको धर्ना कार्यक्रम गरिएको हो । धर्ना कार्यक्रममा सो गापाका शिक्षकहरुले गापा कार्यालयमा धर्ना दिएका थिए ।
ज्ञापनपत्रमा नेपाल शिक्षक महासंघ देशको शिक्षाको विकास तथा नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहितको प्राप्ति र संरक्षणका पक्षमा काम गर्ने पेसागत छाता संस्था हो । नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहित र उन्नत विद्यालय शिक्षाको विपक्षमा हुने कुनै पनि षडयन्त्र अभियान र प्रयत्नहरूको विरोधमा उभिनु यसको कर्तव्य नै हो ।
अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०५० को मस्यौदामा रहेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेका छन् । यस मस्यौदामा नेपाल शिक्षक महासङघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरू उचित ढङ्गबाट समेटिएका छैनन् । त्यसै गरी यस मस्यौदाले स्थायी अस्थायीर करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुद्दाको सम्बोधन गर्न सकेको छैन यसै गरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुराने प्रणालीबाट पेन्सन दिनु पर्ने माग पनि यसमा समेटिएको छैन । समग्रमा यसले शिक्षक–कर्मचारीका मुख्य मागमुद्दा सम्बोधन नगरेको मात्र होइन, शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमागि समेत गम्भीर प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ