spot_img

ताजा अपडेट

तलब वृद्धि नगरे भदौ १ बाट श्रमिकले अनिश्चितकालिन अवज्ञा गर्ने

- Advertisement -

काबिल संवाददाता
वीरगन्ज
हरेक दुई बर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यावस्था नेपाल सरकारले पनि अटेर गरेको भन्दै मधेश प्रदेशको वीरगन्जबाट श्रमिकहरुले संयुक्त रुपमा आन्दोलन छेडेका छन् । हरेक दुई बर्षमा बढाउनु पर्ने पारिश्रमिक प्रथम श्रेणीका कर्मचारी सरहको हुनु पर्ने लगायत ९ सुत्रीय माग सहित श्रमिकहरुले मधेश प्रदेशबाट आन्दोलन छेडेका हुन् ।
विभिन्न चरणका आन्दोलन तालिका सार्वजनिक गर्दै सबै श्रमिक संगठनको सहकार्यमा संयुक्त आन्दोलन सुरु भएको छ । यो महिना भरी हुने विभिन्न चरण पार गर्दा पनि सरकार र रोजगारदाताले श्रमिकका कुरा सुनुवाई नगरे भदौ १ गतेबाट श्रमिकले अनिश्चितकालिन अवज्ञा समेत गर्ने चेतावनी दिएका छन् ।


श्रमिकका नौ सुत्रीय मागहरुमा सरकारलाई प्रथम श्रेणीका कर्मचारी सरह श्रमिकको पारिश्रमिक बृद्धि गर्न पहिलो नम्बर बुँदामा नै उनीहरुले उल्लेख गरेका छन् । त्यसै गरी योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सबै प्रकारका श्रमिकको सूचिकरण गरिनु पर्ने, राष्ट्रिय श्रम आयोग र प्रदेशस्तरीय श्रम सल्लाहकार समिति गठन गरिनु पर्ने, बिषयगत उद्योगको आधारमा सामूहिक सौदावाजीको व्यवस्था गरिनुपर्ने, अनुचित निस्कासन जगेडा र सरुवा बन्द हुनुपर्ने र श्रम ऐन २०७४ को दफा १४५ निलम्बन गरिनु पर्ने उनीहरुको माग छ । त्यसरी नै उद्योगको मुख्य काम उत्पादनमा कार्यरत श्रमिकहरुलाई श्रम ऐन २०७४ को दफा १० अनुसार रोजगार सम्झौता पत्र दिने व्यवस्था गरिनुपर्ने, श्रमको अनौपचारिककरण बन्द गरी श्रम ऐन÷कानून विपरितका श्रमिक आपुर्तिकर्ता खारेज गर्नुपर्ने र नेपालको संविधान र श्रम ऐन २०७४ ले प्रदत्त गरेको हक हित र अधिकार प्रयोग गर्दा भइरहेको प्रहरी हस्तक्षेप बन्द गरिनुपर्ने उनीहरुले प्रष्ट माग राखेका छन् ।
नेपाल सरकारका श्रममन्त्रीदेखि सम्बन्धित ठाउँमा देशभरका १२ वटा टेड युनियनहरुले संयुक्त रुपमा उक्त मागहरु संबोधन गर्न ज्ञापनपत्र समेत बुझाईसकेको समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष आनन्द थामीले बताए । अहिलेसम्म पारिश्रमिक वृद्धिको घोषणा नगरेपछि दवावका कार्यक्रम गर्न कर लागेको समग्रकै मधेश प्रदेश अध्यक्ष हेमराज न्यौपानेले पनि बताए । दुई बर्षमा समेत सरकार र रोजगारदाताले श्रमिकलाई हेर्ने दृष्टिकोणमा झन नकारात्मक स्वभाव देखाएकोमा भने श्रमिकले चित्त दुखाएको समग्र उद्योग ट्रेड युनियनकै शिक्षाफाँटको मधेश प्रमुख गीता भण्डारीको तर्क छ ।
सरकार र रोगजारदातालाई दवाव दिन श्रमिकले पहिलो दिन सुरु गरेको आन्दोलनमा वीरगन्जको घण्टाघरबाट संयुक्त रुपमा निकालीएको ¥याली वीरगन्जको माईस्थान, आदर्शनग, अलखिया, घडिअर्वा चोक हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको छ । कोण सभामा प्रदेश कमिटीका तीन वटै संघठनहरु, समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ र अखिल नेपाल औद्योगिक मजदुर संघका मदेश प्रदेशका अध्यक्ष क्रमशः हेमराज न्यौपाने, केदार पटेल र रामपुकार कामतीले सम्बोधन गरे । संयुक्त दवावमुलक ¥याली पश्चात मजदुर संगठनहरुले आन्दोलनको विभिन्न चरणको तालिका सार्वजनिक गरेका छन् । जस अन्तरगत साउन २१ गतेदेखि २६ गतेसम्म आ–आफ्नो टे«ड युनियन मार्फत उद्योगलाई तलब वृद्धि गर्ने माग सहितको दबाव पत्र दिने, दबाव पत्र प्रत्येक उद्योगले श्रम मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पठाउने तालिका पनि उनीहरुले सार्वजनिक गरेका छन् । त्यसै गरी साउन २७ गते प्रदेश स्तरीय परिचालन समितिको संयुक्त बैठक बस्ने, साउन २८ गतेखि ३२ गतेसम्म उद्योगमा नाराजुलुश, कोणसभा र कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसपछि भने भदौ १ गतेदेखि अनिश्चितकालिन अवज्ञा आन्दोलन गर्ने तालिका रहेको मजुर संगठनका अगुवाहरुले घोषणा पनि गरे ।
विकासका नाममा सांसदहरुलाई करोडौंको बजेट राख्न नबिर्सने सरकारले श्रम गरेर आफू र परिवारको लालन पालन गर्ने र राज्यलाई समेत राजश्व दिने श्रमिकहरुलाई वास्ता नगर्नु विडम्बना भएको श्रमिकहरुको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ