spot_img

पर्सा महासंघको निर्णय प्रति चौतारी ऐक्यवद्ध

काबिल सम्बाददाता
पर्सेली पत्रकारहरुको सुदृढीकरण तथा नयाँ सदस्यता वितरण लगायत नेपाल पत्रकार महासंघ पर्सा शाखाले गरेका पछिल्ला निर्णयहरु प्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले ऐक्यवद्धता रहेको निर्णय गरेको छ । मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा बसेको चौतारीको बैठकले यस्तो निर्णय गरेको हो ।
चौतारी पर्सा शाखाले महासंघका निर्णयमा षडयन्त्र गर्ने र कार्यान्वयनमा अवरोध गर्नेहरु प्रति पनि कडारुपले प्रस्तुत हुने निर्णय गरेको चौतारी पर्साका सचिव राजेन्द्र सिंहले बताए । चौतारी पर्साका उपाध्यक्ष तुल्सी भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले चौतारीको आगामी अधिवेसन मिति पनि आगामी श्रावण १३ गते बस्ने बैठकले टुंगो लगाउने निर्णय गरेको पनि सचिव सिंहले बताए ।
त्यसै गरी चौतारी पर्सा शाखाले विगतमा गरेका कार्यक्रममा भएको हर–हिसाबको प्रतिवेदन पेश गर्नका लागि चौतारीका अध्यक्ष तथा कोषाध्यक्षलाई आगामी शनिबारसम्मको सयम दिइएको पनि चौतारीको निर्णय रहेको जनाइएको छ । यो बिषयमा अघिल्लो बैठकमा पनि चर्को आवाज उठेको खुलेको थियो । बैठकले नेपाल पत्रकार महासंघले गर्नेे सबै प्रकारको सकारात्मक कार्यमा चौतारीको सधै सहयोग रहने पनि निर्णय गरेको सहभागी सदस्यले बताए ।
संगठनको नियमित कार्य गर्न नेतृत्व तहबाट नै बल नपुगेको भन्दै आगामी श्रावण १३ गते फेरी बैठक आह्वान गरी थप निर्णयहरु गर्दै संगठनलाई जिवन्त बनाउन सबै प्रतिवद्ध रहने पनि सहभागीहरुले जनाए ।
बैठकमा नेकपा एमालेका पर्सा संयोजक डाक्टर विश्वम्भर शर्मा, नेकपा एमालेको केन्द्रिय प्रचार विभाग सदस्यद्वय महेश दास र लालबाबु शेष, प्रेस चौतारी पर्साका ईन्चार्ज शत्रुघ्न नेपाल, अग्रज सल्लाहकार महेशचन्द्र गौतम, प्रेस चौतारी नेपालका प्रदेश सचिव ग्यासु मिया देवान, प्रदेश कोषाध्यक्ष जितेन्द्र साह, प्रदेश सदस्य आसिक मिया अंसारी, श्याम कुश्वाहा, पत्रकार महासंघका पर्सा अध्यक्ष तथा चौतारीका पुर्व अध्यक्ष अनुप तिवारी, नेपाल पत्रकार महासंघका सचिव भुषण यादव, चौतारी पर्साका पूर्व सचिव तथा महासंघका कोषाध्यक्ष संजिव मिश्रा तथा चौतारी पर्साका कोषाध्यक्ष राकेश साह लगायत कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●