spot_img

ताजा अपडेट

महानगरको नीति सच्याउन साप्ताहिक पत्रिका संघर्ष समितिको माग

- Advertisement -

काबिल सम्वाददाता
वीरगंज
साप्ताहिक पत्रिकाको ऐतिहासिक महत्वलाई उपेक्षा गर्दै वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷०८१ देखि लोककल्याणकारी विज्ञापन उपलब्ध नगराउने लिएको नीति प्रति पर्साका साप्ताहिक पत्रकिा संचालकहरुले बिरोध जनाएका छन् । उनीहरुले बुधबार वीरगन्ज महानगरपालिकामा पुगी नगरप्रमुख राजेशमान सिंहलाई तीन बुँधे ज्ञापन पत्र बुझाउँदै साप्ताहिक पत्रिकाहरुलाई उपेक्षा नगर्न आग्रह गरेका हुन् ।
साप्ताहिक पत्रिका संघर्ष समिति नै बनाएर उनीहरुले जनतालाई सूचना प्रवाहमा साप्ताहिकले पु¥याएको योगदानको मूल्याँकन गरी ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्न पनि आग्रह गरे । वीरगंजबाट प्रकाशित साप्ताहिक पत्रिकाहरु संचालकहरुको संघर्ष समितिले साप्ताहिक पत्रिकाहरुलाई संरक्षण एवं प्रवद्र्धधनमा वीरगंज महानगरपालिकाको मुख्य भूमिका रहेकोले लोककल्याणकारी विज्ञापनलाई निरन्तरता र दररेट बढाउन माग गरेको छ ।
साप्ताहिक पत्रिकालाई चाडपर्वमा प्रकाशित हुने वर्षमा चारवटा शुभकामना विज्ञापन लोककल्याणकारी विज्ञापनमा समावेश नहुने गरी छुट्टै उपलब्ध गराउन र वीरगंज महानगरपालिकाको आम संचार प्रवद्र्धन समितिमा साप्ताहिक पत्रिकाको तर्फबाट पनि अनिवार्य रुपमा प्रतिनिधि राख्न पनि संघर्ष समितिले माग गरेको छ । साप्ताहिक पत्रिका संचालक तथा पत्रकारहरुको टोली संघर्ष समितिका संयोजक शेषमन पंडितको नेतृत्वमा वीरगन्ज महानगरमा गएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ