spot_img

ताजा अपडेट

बिल विजकभन्दा बढि स्टेशनरी सामान बोकेको ट्रक पक्राउ

काबिल सम्बाददाता
पर्सा
बिल विजकमा उल्लेख भएकोभन्दा बढि स्टेशनरीका सामान बोकेर गन्तव्य तर्फ जाँदै गरेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा चोक नजिकबाट मंगलबार प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो ।
रामगढवा चोकस्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको ट्रक ना २ ख ७३११ को रहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले पाएको सूचना अनुसार रोकी चेकजाँच गर्दा करिब ५९ लाख ८३ हजार ४१ रुपैया बराबरको स्टेशनरीका सामान बढि लोड गरेको पाइएको पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए । पक्राउ गरिएको ट्रक र सामानलाई थप अनुसन्धान र कार्वाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पनि पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक गिरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ