spot_img

ताजा अपडेट

खैरो हिरोइनसहित २१ वर्षीय ऋतिक साह पक्राउ

वीरगञ्ज, १६ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ त्रिशुल चोकस्थित सडकखण्डबाट सोही ठाउँको भिष्वा बस्ने २१ वर्षीय ऋतिक साहलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ‘लागु औषध सेवनकर्ता खोजी एंव सुधार महा अभियान’ अन्तर्गत प्रहरी चौकी भिष्वागाउँबाट खटिएको गस्ती टोलीले शनिबार दिउँसो करिब १:१० बजेको समयमा साहलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर खानतलासी गरिएको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा साहले लगाएको पाइन्टको खल्तीमा लुकाई–छिपाई राखेको अवस्थामा प्लास्टिकसहित ०.६१ मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका साहमाथि लागु औषध नियन्त्रण ऐन सम्बन्धी कसूरमा हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ