spot_img

ताजा अपडेट

प्राधिकरणले दियो पर्साका पत्रकारलाई एआईसम्बन्धी तालिम

काबिल सम्वाददाता
वीरगन्ज
पर्साका पत्रकारहरुलाई आम सञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामले कृत्रिम बुद्धिमत्ता (ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ(ब्क्ष्) सम्बन्धी एकदिने तालिम दिएको छ । पत्रकारिता र आम सञ्चार क्षेत्रमा तीव्र रूपमा विकास हुँदै गएको एआई प्रविधिको प्रभाव, उपयोग र चुनौतीबारे जानकारी गराउने उद्देश्यले आम सञ्चार प्राधिकरणले यो वर्ष पनि पर्साका पत्रकारहरुलाई एआई सम्बन्धी तालिम दिएको हो ।
पत्रकारहरूले प्रविधिसँग आफूलाई अद्यावधिक गर्दै जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्नुपर्नेमा आम सञ्चार प्राधिकरण मधेश प्रदेश कार्यालयको प्रशासन प्रमुख रमिता साहले बताइन् । सञ्चार क्षेत्रमा प्रविधिको प्रयोग समयको आवश्यकता भएको उल्लेख गर्दै एआईले पत्रकारिताको स्वरूप परिवर्तन गरिरहेको उनको भनाई थियो ।
एआई प्रविधिले सञ्चार क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोलेको कार्याक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु शेखले बताए । उनले एआईलाई अवसरका रूपमा प्रयोग गर्न सकिए पत्रकारिता अझ प्रभावकारी, द्रुत र विश्वसनीय बन्न सक्ने उनको जोड थियो । प्रविधिको दुरुपयोगले गलत सूचना र भ्रम फैलन सक्ने भएकाले एआईको प्रयोग गर्दा झन सचेत र चनाखो भएर प्रयोग गर्न पर्ने उनको सुझाव छ ।
प्रविधिको विकाससँगै पत्रकारिताको कार्यशैली बदलिँदै गएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले बताए । उनले एआईले समाचार संकलन, सम्पादन र विश्लेषणमा सहयोग पु¥याए पनि पत्रकारको भूमिका अझ जिम्मेवार बन्दै गएको उनको तर्क थियो । प्रविधिमै निर्भर हुँदा मानवीय संवेदनशीलता र तथ्य जाँच भने कमजोर हुने कुरामा ख्याल पु¥याउन पर्ने उनको सुझाव छ । त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र चौहानले एआई पत्रकारिताको सहयोगी उपकरण भए पनि यसले पत्रकारलाई विस्थापित नगर्ने बताए । पत्रकारिताको मूल आत्मा सत्य, नैतिकता र जनउत्तरदायित्व भएकाले प्रविधिलाई सहायकका रूपमा मात्र प्रयोग गर्नुपर्ने उनको तर्क थियो ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले स्थानीय पत्रकारहरूका लागि एआई तालिम उपयोगी भएको भन्दै प्रविधिको सही प्रयोगले स्थानीय समाचारलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सकिने दावी गरे । कार्यक्रममा प्रशिक्षक सुरेश विडारी र प्रकाश मैनालीले एआईको आधारभूत अवधारणा, पत्रकारितामा यसको प्रयोग, सामग्री सिर्जना, तथ्य जाँच, डाटा विश्लेषण तथा एआई प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्षबारे बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ