spot_img

ताजा अपडेट

इन्सेक सम्मिलित सिटी नेपालको राष्ट्रिय भेला वीरगन्जमा सम्पन्न

काबिल सम्वाददाता
वीरगन्ज
इन्सेक बागमती प्रदेशका संयोजक शिव खकुरेलले विपत् जोखिम न्यूनिकरण, जलवायु परिवर्तन र दीगो विकासका पक्षमा सचेतनामूदक कार्यक्रम, क्षमता विकास र जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम इन्सेकले गरिरहेको बताएका छन् । जलवायु परिवर्तन, विपत् व्यवस्थापन र दीगो विकासका लागि उपलब्धिमूलक कार्यसम्पादन गर्न बनेको सिटी नेपाल राष्ट्रिय अध्याय (सिएनएनसी) ले बिहिबार वीरगन्जमा गरेको राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् ।
२०८० भदौमा नेपालमा पहिलो पटक राष्ट्रिय भेला गरेको सिटी नेपाल राष्ट्रिय अध्याय (सिएनएनसी) को बिहिबार वीरगन्जमा भएको भेला तेस्रो हो । सिटीनेट नेपालको बोर्ड सदस्य संस्था इन्सेक पनि हो ।
एशिया प्यासिफिक रिजनको विभिन्न शहरहरुमा यस्तो स्थानीय सरकारको संगठन रहने गरेको हुन्छ । नेपालमा पनि सिटी नेपाल राष्ट्रिय अध्याय (सिएनएनसी) काठमाण्डौ, ललितपुर, वीरगन्ज, विराटनगर, तानसेन, भरतपुर लगायत विभिन्न १६ स्थानीय सरकार र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत ८ वटा सहयोगी संस्थाहरुको संगठनात्मक संरचना हो यो ।
राष्ट्रिय भेलामा इन्सेक बागमती प्रदेश संयोजक खकुरेलले मानव अधिकारका पक्षमा इन्सेकले सचेतनाका काम गर्नेदेखि बालबालिकाको क्लव बनाएर विभेद सम्बन्धी सचेतनाका कार्यक्रमसँगै क्षमता विकास, हिमालय बचाऊ, सेभ द माछापुच्छ«े कार्यक्रम पनि इन्सेकले गर्दै आएको बताए । जलवायु परिवर्तनको असर रोक्न एक विद्यार्थी एक विरुवा कार्यक्रम लगायत विपत् न्यूनिकरण तर्फ इन्सेकले विभिन्न कार्यक्रम गर्दै आएको पनि उनको भनाइ छ ।


अनुसन्धन तथा शिक्षण केन्द्र (डीआरआर रिसर्च तथा लर्निङ्ग सेन्टर) का प्रा.डा.आमोदमणी दिक्षित लगायत विज्ञहरुले पालिका तहमा हुने विपत् न्यूनिकरणमा स्थानीय सरकारका तयारी नपुगेको बताएका छन् । कमजोर पूर्व तयारीलाई स्तरीय बनाउन गठित सहकार्यात्मक संरचनालाई अझ चुस्त ढंगले अगाडी बढ्न पर्ने उनको जाृेड छ । एउटा स्थानीय सरकारले गरेका राम्रा काम अर्को स्थानीय सरकारले पनि सिक्दै तदारुकता साथ अगाडी बढ्न हितकर हुने विज्ञहरुको सुझाव छ ।
भुकम्पीय जोखिम, हिमपहिरो, बाडी, कटान लगायत विभिन्न विपत् जोखिमको चंगुलमा रहेको मुलुकमा विपतका घटनामा हुने धनजनको क्षतिलाई कम गर्न स्थानीय सरकारहरुले सहकार्यात्मक गतिविधि गर्ने लक्ष्य सकारात्मक रहेको इन्सेक वागमती प्रदेशका बरुण बत्यालले पनि बताए ।
भेलाका निर्णयहरु ः
एक हप्ताभित्र नगरपालिका समूह दर्ता गर्ने, पालिका प्रमुख तथा उपप्रमुखहरुले नभ्याए पालिकाहरुले विपत् सम्बन्धी शाखा, महाशाखाका फोकल पर्सनबाट हरेक दुई महिना भित्र अनिवार्य मिटिङ्ग गर्ने, २०८३ जेठ महिनामा काठमाण्डौको गोदावरीमा पुनः राष्ट्रिय भेला गर्ने लगायतका निर्णय गरेको छ । त्यसैगरी आबद्ध पालिकाहरुले विपत् कोष खडा गर्ने, कार्यायोजना तयार गर्ने, पालिकास्तरकै बैठक पनि ६–६ महिनामा गर्ने, कार्यसम्पादनमा थप सहजताका लागि सानो–सानो ईकाइहरु पनि बनाउने लगायतका निर्णय गरेको छ ।
सिटीनेट नेपाल राष्ट्रिय अध्याय (सिएनएनसी) कार्य समितिको तेस्रो बैठक बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा वीरगन्ज महानगरमा सम्पन्न भएको हो । सो भेलामा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, तानसेन नगरपालिकाका सन्तोषलाल श्रेष्ठ, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल लगायत ती पालिकाका प्रशासकीय प्रमुख तथा अधिकृतहरुको प्रत्यक्ष सहभागीता रहेको छ । यसको व्यवस्थापन वीरगन्ज महानगरले गरेको छ । यो कार्यक्रममा काठमाण्डौ महानगरका मेयर बालेन साह, बुटवलका खेलराज पाण्डेय, पोखराका धनराज आचार्य लगायत एकदर्जन पालिकाका प्रमुख तथा उपप्रमुखले अनलाईन (जुम) बाट पनि सहभागिता जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ