spot_img

ताजा अपडेट

होटल कर्मचारीलाई हानको दक्षता अभिवृद्धि तालिम

काबिल सम्वाददाता
         होटलहरुमा कार्यरत कर्मचारीलाई स्तरीय सेवा प्रदानमा बल पु¥याउन मधेश प्रदेशमा रहेकास्तरीय होटलका कर्मचारीहरुलाई निरन्तर तालिम दिइरहेको पाइएको छ । नीजि क्षेत्रका रुपमा रहेको होटल एशोसिएन नेपाल (हान) ले यसको अगुवाई गरेको पाइएको हो ।
गएको बुधबार पनि मधेश प्रदेशको सर्लाहीमा हाउस किपिङ्गको ५० घण्टे (१० दिने) तालिम समापन गरेको छ । त्यसै गरी शुक्रबार पनि जनकपुरधाममा संचालित कुकको तालिमको पनि समापन गरिएको होटल एशोसिएसन नेपाल (हान) का मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले बताए । सर्लाहीमा हाउस किपिङ्गको तालिम संचालनमा थियो । त्यसको गएको बुधबार सर्लाहीको नयाँ रोडस्थित सीता पैलेश होटलमा समापन गरियो उनले भने । सो तालिममा २४ जनाको सहभागिता रहेको पनि हानका मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष प्रधानले बताए ।
सो कार्यक्रममा हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुढाथोकी (रमेश) प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । सो क्रममा नगरप्रमुख बुढाथोकीले पर्यटक रहने बस्ने ठाउँमा काम गर्ने होटलका कर्मचारीको व्यवहार र क्षमतास्तरीय बनाउन उनीहरुलाई क्षमता अभिवृद्धि हुने तालिम दिनु निकै प्रभावकारी रहेको बताएका थिए । उनले कर्मचारीको व्यवहार यस्तै तालिमहरुबाट आमूल परिवर्तन गर्न बल पुग्नेमा पनि जोड दिएका थिए । सीता पैलेश होटलका संचालक विनोद प्रसाद मैनालीको अध्यक्षतामा भएको समापन समारोहमा तालिममा सहभागीहरुले पनि तालिम निकै फलदायी रहेको बताएका थिए ।
त्यसै गरी हानकै नेतृत्वमा होटलका कर्मचारीको लागि धेरै किसिमका तालिमहरु संचालन गर्ने क्रममा हानले धनुषामा रहेका होटलका कर्मचारीहरुलाई थप दक्ष बनाउने लक्ष्य सहित धनुषामा पनि संचालित अर्को तालिमको पनि शुक्रबार समापन गरिएको मधेश प्रदेशको हानका संस्थापक अध्यक्ष विजय कुमार झुनझुनवालाले बताए । हानले मधेशमा छरिएर रहेका प्रायःस्तरीय सबैहोटलका कर्मचारीलाई दक्ष बनाउँदै अगाडी बढ्ने रणनीति लिएको उनको भनाइ छ ।
धनुषाको जनकपुरधाममा संचालित कुकको तालिम पनि २२ जना कर्मचारी सहभागी रहेका थिए । उनीहरुले पनि तालिम निकै फलदायी रहेको जनाए । सो तालिमको पनि शुक्रबार समापन भएको आयोजक हानले जनाएको छ । हानका मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष मोहन प्रधानको अध्यक्षतामा जनकपुरधाम समापन कार्यक्रम भएको थियो । सो कार्यक्रमको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह प्रमुख अतितिका रुपमा सहभागी थिए हान मधेश प्रदेशका कोषाध्यक्ष विनोद चौधरीले भने । कार्यक्रममा हानका संस्थापक अध्यक्ष झुनझुनवाला लगायत होटल तथा पर्यटन व्यवसायी महासंघका मधेश प्रदेश अध्यक्ष हिरालाल गौतम लगायत मधेश प्रदेशका विभिन्न होटल व्यवसायीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ