spot_img

ताजा अपडेट

संघीयता मात्र होइन अब राष्ट्रिय सभा खारेजः अध्यक्ष लिङदेन

काबिल सम्वाददाता
वीरगन्ज
संघीयता मात्र नभई अब ‘राष्ट्रिय सभाÕ समेत खारेज गरिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । पर्साको वीरगन्जमा भएको राप्रपाको विशाल आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
‘नेपाल आर्थिक रुपले टाटपल्टिई सक्यो । यो व्यवस्थाले अब मुलुक चल्न सक्दैन । त्यसैले संघीयता सहित राष्ट्रिय सभा पनि खारेज गरिनु पर्छÕ उनले भने । ‘संघीय व्यवस्थाको कारण राजनीतिक जनप्रतिनिधि मात्र ३६ हजार बढि भएर मुलुक आर्थिक रुपमा टाट पल्टाई सकेकोले छ । खर्च कटौतिका लागि अब संघीय गणतन्त्र सहित राष्ट्रिय सभा, जिल्ला समन्वय समिति पनि खारेजी गरिनु पर्छÕ उनले बताए । यहि व्यवस्था रहे मुलुकले अब आर्थिक भार थेग्न सक्दैन । राजनीतिक कार्यकर्ता पाल्ने संयन्त्र खारेजीसँगै सांसद संख्या पनि पूरै घटाउनु पर्छ । त्यो पनि मन्त्री बन्न नपाउने गरी उनले तर्क गरे ।


स्तरीय व्यवस्थाका लागि गाउँका जनताले पनि देशको प्रधानमन्त्री मेरो पनि हो भन्ने महसुस गर्ने गरी प्रत्यक्ष भोट हालेर प्रधानमन्त्री निर्वाचित गर्नुपर्ने व्यवस्था ल्याइनु पर्ने अध्यक्ष लिङदेनले बताए । ‘जुन प्रधानमन्त्रीले पाँच वर्षसम्म निश्चित भएर देश विकासमा काम गर्न पाओसÕ् उनले भने । सरकार गिराउने र भत्काउने खेल सदाका लागि बन्द गर्ने गरी अब राजनीतिक अवस्था र व्यवस्था दुवै बदल्न राप्रपाले आन्दोलन गर्दैछ । त्यो आन्दोलन हिंसात्मक हुँदैन, भद्र हुनेछ । सबै नागरिकले अब साथ दिनुस् उनले भने । एकलाख जनता काठमाण्डौमा पुगेर सिंह दरबार घेरे त्यो बहिरो सरकारले पनि सुन्नु कर लाग्छ अध्यक्ष लिङदेनले तर्क गरे । पार्टीले आगामी २७ गते चैतबाट काठमाण्डौमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । अहिले संघीयता गलत सावित भयो । १५ वर्ष अगाडी आपूmहरुले संघीयता ठिक छैन भन्दा मधेश र अरु ठाउँमा पनि राप्रपालाई कसैले हेर्न पनि चाहेन । धेरैले गाली गरे । तर अब त्यो बाटो गलत रहेको पुष्टि भइसक्यो सो बाटो हिड्न छोडौं । हामीलाई साथ दिनुहोस् भन्दै उनले मधेशी जनतालाई पनि २७ गते चैतमा काठमाण्डौमा आउन आग्रह गरे । यदि साथ नदिने हो भने नेपालका छोरा नाती अरेवियनहरुको नोकर उत्पादन हुने गरिदिनु वाहेक केही हुँदैन अध्यक्ष लिङदेनले तर्क गरे ।


मधेश प्रदेशका कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मीले संयोजन गरेको आमसभामा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले हिन्दुराष्ट्र अपरिहार्य रहेको बताए । त्यसैगरी बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकको आर्थिक पक्ष केलाउँदै संघीयता हटाइयो भने मात्र पनि मुलुकमा २ खर्ब रकम बचाउन सकिने उदाहरण दिए । त्यो पैसाले हरेक जिल्लामा संस्सारकै उत्कृष्ठ अस्पताल र विद्यालयहरु बनाउन सकिने उनको तर्क छ । यस्तो घाँडो व्यवस्था अब किन पालिराख्ने ? उनले जनतासँग सोधे । यसलाई फाल्न एक पटक अब जनताको साथ चाहिएको छ उनले भने । पार्टीका महामन्त्री धवल शमशेर राणा, प्रवक्ता तथा पार्टीका सचेतक ज्ञानेन्द्र शाही, प्रचार विभाग उपप्रमुख खुश्बु ओली लगायतले पनि विशाल आमसभालाई सम्बोधन गर्दै यो व्यवस्था र अवस्था नफेरि नेपाली जनताको हित नहुने दावी गरे । सुन तस्करका मतियारहरुको हाँकेको देश कत्तिखेर दूर्घटनामा पर्ने हो ठेगान नभएको भन्दै राजा सहितको हिन्दुराष्ट्र र छरितो व्यवस्था मुलुकले खोजेको उनीहरुको भनाइ छ ।


हत्या हिंसाको राजनीति गरी सरकारमा आएको माओवादीले त तस्करी गर्न पाएनौं भनी जनयुद्ध गरेको जस्तो देखियो । माओवादीका उच्च तहका नेता प्रायः सबै सुन तस्करीमा मुछिए । यो घटनाले माओवादी देश र जनताको पक्षमा काम गर्ने पार्टी होइन भनी पुष्टि भयो प्रवक्ता शाहीले तर्क गरे । कांग्रेस, एमाले र माओवादी लगायत नेपालका प्रायः सबै पार्टीका शिर्ष नेता कुनै न कुनै काण्डमा जोडिएकोले उनीहरुबाट देश र जनताले हित नहुने भन्दै उनी लगायतका मूल्याँकन अभिलेख विभागको मिना सुवेदी, प्रदेश अध्यक्ष भरत गिरी र प्रल्हाद साह लगायत सबै बक्ताहरुले अब यो अवस्था र व्यवस्था बदल्नै पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ