बारा,
काबिल सम्बाददाता
केबि साम आल्मुनियम ई. प्रा. लि.मा कार्यरत श्रमिकहरुको सातौं अधिवेशन सम्पन्न भएको छ । बाराको गढीमाई मन्दिर परिसरमा गएको शनिबार केबि साम आल्मुनियमका श्रमिकको सातौं अधिवेशन सम्पन्न भएको हो ।
सम्पन्न अधिवेशनले जित बहादुर चौधरीको नेतृत्वमा ७ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा वीरेन्द्र जैसवाल, सचिवमा जय राम साह, सहसचिवमा बिनोद चौधरी, कोषाध्यक्षमा सम्झना लामालाई चयन गरेको अध्यक्ष चौधरीले बताए । त्यसैगरी सदस्यहरु मनमाया धिताल, वीरेन्द्र राउत रहेको पनि उनको भनाइ छ । सल्लाहकार समिति भने ३ सदस्य गठन भएको छ । जसमा हरिनारायण राउत, पंकज सिङ र संतोष जैसवाल रहेका छन् ।
इकाई कमिटि अध्यक्ष पंकज सिंहको अध्यक्षतामा सम्पन्न अधिवेशनमा श्रमिक संगठन ह्विनका केन्द्रीय अध्यक्ष आनन्द थामी ह्विन शिक्षा सचिव गीता भण्डारी, केन्द्रिय सदस्य मनोज चौधरी, प्रदेश अध्यक्ष हेमराज न्यौपाने, सचिव प्रेम चौधरी, जिफन्ट प्रदेश सदस्य सरिता नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सम्झना लामाले स्वागत मनतव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण विवेक चौधरीले गरेका थिए । नयाँ निर्वाचित कार्य समितिलाई प्रमुख अतिथी समेत रहेका ह्विनका अध्यक्ष आनन्द थामीले सपथ गराएका थिए ।