spot_img

वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा शिविर

काबिल सम्बाददाता
आदर्शनगर
विश्व ज्येष्ठ नागरिक दूव्र्यवहार जागरूकता दिवसको अवसरमा वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको परिषर तथा आदर्शनगर चौकमा नै विश्व ज्येष्ठ नागरिक दूव्र्यवहार जागरूकता दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको हो ।
सो निःशुल्क आँखा जाँच स्वास्थ्य शिविरमा ७५ जना महिला र १ सय ५० जना पुरूष गरी कुल २ सय २५ जना ज्येष्ठ नागरिक तथा स्थानीयले निः शुल्क सेवा र औषधी लिएको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए । सामुदायिक आँखा हस्पिटल वीरगंज पर्सा, प्रहरी चौकी आदर्शनगर, वीरगंजले निःशुल्क आँखा जाँच शिविर कार्यक्रममा सहयोग गरेको उनको भनाइ छ ।
मानिस सबै एकदिन बुढापाका हुने नै हो । त्यसैले अग्रजहरु प्रति नयाँ पींढिका मानिसमा ज्येष्ठ नागरिकको सम्मान गर्ने शैलीको विकास होस् भनी दिवसको पनि अवसर पारेका कार्यक्रम गरिएको अध्यक्ष खेतानले तर्क गरे । हामी सबै भोली हुने त्यहि हो उनले भने ।
कार्यक्रम प्रहरी चौकी आदर्शनगरका प्रहरी नायव निरिक्षक सत्यप्रकाश त्रिपाठीको अध्यक्षता र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेतानकै प्रमुख आतित्थतामा भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●