वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई खराब मात्र होइन राम्रा कामको सूचना पत्रकारले दिनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपालले सबै कुरा खराब मात्रै भन्दै जाने हो भने त्यसले निराशा पैदा गर्ने बताए । उनले बिग्रिएको कुराको गम्भीर समीक्षाको आवश्यकता रहेको बताए । उनले भने, राम्रा कामहरू पनि सुनाउनुस । एउटा राम्रो कुराले मान्छेलाई प्रेरित गर्छ त्यसैलै राम्रा गर्नेहरूलाई खोजी खोजी सम्मान गर्नुपर्छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष्F नेपालले पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताउदै जे तथ्य हो त्यहि नै सत्य भएकोले त्यो भन्दा अरू सबै कुरा गलत हुने तर्क गरे । राज्य र समाजबाट समेत निरूत्साहित बनाउन चालिएका कदमहरूले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसँगहरू आएको भन्दै आन्तरिक समस्याहरू भए संवाद र छलफलको माध्यमबाट निकास निकाल्न सकिने बताए ।
कार्यक्रममा समाजवादी प्रेस संगठन पर्साले स्थापना गरेको पुरस्कार पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । स्व.नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा पत्रकार पटेललाई संगठनको तर्पबाट २१ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य पटेललाई नगद राशि सहित दोसल्ला ओढाएर सम्मान गरे । सम्मान अघि संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा स्व.पत्रकार नरेश सर्राफको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिए ।
स्व.पत्रकार नरेश सर्राफलको दोस्रो स्मृति सभा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको हो । यो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जारा, पर्सा उपाध्यक्ष युवराज खड्का, समाजवादै प्रेस संगठनका केन्द्रिय सदस्य वृजलाल पासवान, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस युनियन पर्सा अध्यक्ष विजय कुमार महतो, प्रेस सेन्टर पर्सा अध्यक्ष दीपक गौतम र पुरस्कृत हुने मनोज पटेललगायत पत्रकारहरुले स्व.सर्राफको पत्रकाकारिता तर्फको योजदानको चर्चा गर्दै आ–आफ्ना भनाइ व्यक्त गरेका थिए । समाजवादी प्रेस संगठन पर्सा अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राज्य, राजनीतिकर्मी तथा नेताहरुले संचारकर्मी र संचार क्षेत्रलाई हेर्ने दृष्टिोण सकारात्मक नभएको पत्रकार नेताहरुले गुनासो गरेका थिए । उनीहरुले पत्रकारहरुलाई दल, राजनीतिकर्मी र नेताहरु लगायतले समेत परेको समयमा प्रयोग गर्ने मात्र गरेको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्