spot_img

ताजा अपडेट

नवनियुक्त सबै मन्त्रीहरुद्वारा सपथ ग्रहण

- Advertisement -

काबिल सम्वाददाता
वीरगंज, ३१ असार ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सहित सबै मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सो कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका थिए । त्यसै गरी पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक कार्यमा योगदान पु¥याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

नेपालको संविधानको धारा, ७६ (२) बमोजिम राष्ट्रपति पौडेलले आईतवार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुर्ई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिपछि निवर्तमान सरकारलाई विस्थापन गर्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

त्यसै गरी नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णु पौडेल लगायतका सबै मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले ओहदाको शपथ गराएका छन् । नवनियुक्त उपप्रधानमन्त्री सिंह शहरी विकासमन्त्री र अर्का उप्रधानमन्त्री पौडेल अर्थमन्त्री भएका छन् । दुवै उपप्रधानमन्त्रीहरुले सोमबार बिहानै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई पनि सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरूले सोमबार बिहानै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुको सपथ समारोहमा पनि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विभिन्न दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विभिन्न विशिष्ट व्यक्तित्वहरुको पनि विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ