spot_img

ताजा अपडेट

प्र.म. ओलीको नेतृत्वमा एकैदिन २२ मन्त्रीमण्डल गठन

सरकारको वैधानिकता माथि सर्वोच्चमा रिट

काबिल सम्वाददाता
वीरगन्ज
पहिलो दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्य मन्त्रिमण्डल गठन गरेका छन् । गठित नवनियुक्त मन्त्रीहरुलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराइसकेका छन् । नयाँ मन्त्रीमण्डलमा केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी असार ३० गते आईतबार नै राष्ट्रपतिबाट नियुक्त भएका थिए ।
उनको मन्त्री मण्डलमा विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्रीमा नियुक्त भएका छन् । त्यसैगरी प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका हुन् । उनी नेपाली काँग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नेतृत्वकर्ता समेत हुन् ।
त्यसै गरी अन्य मन्त्रीहरुको सूचीः
१– प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२– विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३– पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४– रमेश लेखक – गृह
५– प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६– आरजु राणा – परराष्ट्र
७– बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८– बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९– दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०– नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११– देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२– विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३– अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४– तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५– मानवीर राई – रक्षा
१६– दीपक खड्का – ऊर्जा
१७– राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८– ऐनबहादुर शाही – वन तथा वातावरण
१९– शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०– प्रदीप यादव – खानेपानी
२१– रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी
प्रम ओली सहित उक्त सबै मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिबाट शपथग्रहण लिइसकेका छन् ।
तीनजना मन्त्री बन्ने पर्सा सबैभन्दा भाग्यमानी

नवगठिन मन्त्रीमण्डलमा एकै जिल्लाबाट तीन मन्त्री बन्ने पर्सा जिल्ला सबैभन्दा भाग्यमानी जिल्ला बनेको छ । यो जिल्लाको क्षेत्र नम्बर १ का प्रदिप यादव, क्षेत्र नम्बर २ का अजय चौरसिया र क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचिनमा निर्वाचित राजकुमार गुप्ता गरी तीनै जना प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका हुन् ।
जिल्लामा रहेका ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ४ का रमेश रिजाल मात्र यो पटकको मन्त्रीमण्डलमा छुटेका छन् । उनी निवर्तमान प्रचण्ड सरकारको मन्त्री मण्डलमा भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री थिए । प्रचण्ड सरकारमा स्वास्थ्य मन्त्री रहेका पर्साको क्षेत्र नम्बर १ का प्रदिप यादव भने यो सरकारमा पनि खानेपानी मन्त्री बनी फेरि मन्त्री बन्ने भाग्यमानी मन्त्रीको लाइनमा दर्ज भएका छन् ।
यता यो सरकारको विरुद्ध सर्वोच्चमा रिट दायर
मन्त्रीहरुले शपथ लिए लगत्तै यो सरकार नेतृत्वकर्ताको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
शैलेन्द्र गुप्ता, दीपक अधिकारी र खगेन्द्र चापागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतले जनाएको छ । रिट निवेदकले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । उनल सपथ लिएको केही घण्टा पनि वित्न नपाउँदै सर्वोच्चमा सरकार नियुक्ति विरुद्ध मुद्दा परेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ