spot_img

ताजा अपडेट

रास्वापाको पोखरिया सभापतिमा पटेल चयन

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरिया नगरपालिका प्रथम भेलाले प्रदिप पटेललाई सभापतिमा चयन गरेको छ । भेलाले पटेलको नेतृत्वमा ११ सदस्य नया कमिटि निर्विरोध चयन गरेको हो ।
पोखरियास्थित पोखरिया पार्टी प्यालेसमा शनिबार आयोजना भएको रास्वपाको प्रथम भेला भव्य रुपमा सम्पन्न भएको रास्वपाका पर्सा जिल्ला संयोजक हरि पन्तले काबिल खबरलाई बताए । सो भेलाले पोखरिया नगरपालिकाको सभापतिमा पटेललाई निर्विरोध चयन गरेको उनको भनाइ छ । त्यसै गरी भेलाले उपसभापतिमा बैजनाथ ठाकुर, सचिवमा खलिल मिया तेली, कोषाध्यक्षमा प्रतिमा देवी धोबिनलाई चयन गरेको छ । सो कमिटिको सदस्यहरुमा विश्वेश्वर प्रसाद यादव, राम प्रवेश पटेल, सुरज कुर्मी, फुलमती देवी, जितेन्द्र पटेल, दिलिप कुमार रौनियार र बनु शाह गोड चयन भएको भेलामा सहभागीहरुले बताए ।
भेलामा प्रमुख अतिथि केन्द्रीय सदस्य डा. नन्दन यादवले रास्वपाले केन्द्रमा राम्रो काम गरिरहेकोले आफ्नो पार्टी सभापतिलाई विपक्षीहरुले निराधार आरोपहरु लगाएर विवादमा तान्ने प्रयास गरेको बताए । सभापतिलाई विवादमा तान्न सके पार्टी कमजोर हुन्छ भन्ने आशयले विरोधीहरु अनावश्यक कुरा गरिरहेकोले यस्ता कुराको पछाडी नपरी परिणाम आउने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई उनले सुझाव दिए । बाहिरी हल्लाका पछाडी नलागी कसैले हाम्रो पार्टी वा सभापतिलाई हिलो छ्याप्न खोजे त्यसको वास्ता नगरी जनताको हितमा डटेर काम गर्न आफ्ना नेता कार्यकर्तालाई उनको कडा निर्देशन छ ।
भेलामा रास्वपा पर्साका संयोजक हरि पन्तले पोखरियामा अब रास्वपाको स्थानीय सरकार बन्ने गरी डटेर कार्य गर्न नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएका छन् । उनले अरु पार्टीहरुलाई पटक–पटक जनताले हेरिसकेकोले अब स्थानीय पालिकामा जनमुखी कार्य सम्पादन सहितको काम गरेर देखाउन रास्वपा अगाडी आउन पर्ने पनि संयोजक पन्तले बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग उप–प्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको पोखरिया प्रथम भेलामा क्षेत्रीय सभापति शाने अलीले स्वागत मनतव्य व्यक्त गरेका थिए । भेलामा रास्वपाका स्थानीय नेता दिलिप कुर्मी, तुलसा पौडेल लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पर्साका संयोजक हरि पन्तकै अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुदिश प्रजापती, सबु कर्णेल, क्षेत्रीय सभापतिहरु फैयाज मिया, जितेन्द्र मिश्र, यातायात विभाग प्रमुख राम आर्य, शिक्षा विभाग उप–प्रमुख सोनालाल पटेल, वडा सभापति माइकल सापकोटा, मुना साह, कासिम मिया लागायतको सकृय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ