spot_img

ताजा अपडेट

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया माथि पक्राउ पुर्जी

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
कान्तिपुर मिडिया गु्रपका सञ्चालक उद्योगपति कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको खुलेको छ । नागरिकता गैर ढंगले लिएको आरोप बिषयमा जिल्ला अदालत धुनुषाले सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गरेको खुलेको हो ।
सिरोहियाको नागरिकताका बारे उजुरी परेपछि यो बिषय अदालतले अगाडी बढाएको तथ्य बाहिर आएको छ । २०८१ साल वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइको थियो ।
यता धनुषा प्रहरी भने पक्राउ पुर्जी जारी भएको बारेमा केही खुल्न चाहेन । विभिन्न खाले प्रमाणहरु संकलन गर्ने कार्य भइरहेको भन्ने कुरा चाही प्रहरीले खुलासा गरेको छ । तर पक्राउ पुर्जी जारी भएको बारे अहिले बोल्न नमिल्ने प्रहरीको भनाइ छ ।
सिरोहियाले प्रहरीमा जाहेरी परेपछि आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको कुरा पनि पहिले नै बाहिर आएकै थियो । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण समेत माग गरेको खुलेको छ । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको जनाए । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो । पछिल्लो चरणको तरंग पनि यसै अन्तर्गत सतहमा आएको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ