spot_img

सेन्टरले प्रााप्त उपलब्धी रक्षा गर्दै समयानुकुल पत्रकारिता गर्नुपर्छ ः प्रधानमन्त्री प्रचण्ड

काविल सम्वाददाता
वीरगन्ज
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले लामो समयको त्याग, योगदानपछि आएको उपलब्धी माथि पछिल्लो समयमा विभिन्न कोणबाट प्रहार हुँदै आएकोले त्यसलाई बचाउने जनमत तयार गर्न पत्रकारहरुसँग आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई सोमबार वीरगन्जमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
अहिलेसम्म प्राप्त ती उपलब्धीलाई जोगाइराख्न र सरकारले गरेका राम्रा काम जनतासम्म पु¥याउने काममा प्रेस सेन्टरका पत्रकारहरुको भूमिका अहम हुने उनको भनाइ छ । पार्टीको नीति सिद्धान्त र क्रान्तिकारी परिवर्तनको ‘स्पिरिट’लाई पूरा गर्न ‘विगतमा जनमुक्ति सेनाले गरेको काम अब प्रेस सेन्टरले पत्रकारिताका माध्यमबाट गर्न पर्ने उनको सुझाव छ । ‘विगतमा जनमुक्ति सेनाले गरेको भूमिका जस्तै अहिले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरुले गर्नु पर्छ’ उनले भने ।
२०६१ माघ १५ गते लिवाङमा स्थापना भएको प्रेस सेन्टरको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठक गएको १३ माघबाट वीरगन्जमा सुरु भएको छ । तीनदिने कार्यक्रमको अन्तिम दिन सोमबार सहभागी प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दे ‘विगतमा ‘लोटेक सिकेर हाइटेक’को प्रतिकार गर्न सिकेका छौं’ । तर ‘अब त्यतिले मात्र हुँदैन’ । ‘अझ दरिलो ढंगले बदलिदो अवस्थामा सेन्टरले विगतमा जनमुक्ति सेनाले खेलेको भूमिका झै पार्टीको स्पिरिट र क्रान्तिकारी विचारलाई अगाडी बढाउने काम तपाईहरुकै हातमा छ’ उनले थपे ।
क्रान्तिकारी बजेट तथा नीति कार्यक्रम ल्याउने तयारी
अर्को प्रसंगमा बजेट र नीति तथा कार्यक्रममा परिवर्तनको क्रान्ति ल्याउने गरी तयारी गरिरहेको पनि प्रधानमन्त्री प्रचण्डले दावी गरे । नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रिया जनपक्षीय तथा लोकतन्त्रको पक्षमा हुने गरी सानो क्रान्तिकै रुपमा बजेट ल्याइने उनको भनाइ छ । अब संघ सरकारले ३ करोडभन्दा तलको रकममा बजेट ल्याउने छैन । त्यो प्रदेश र स्थानीय सरकारले नै ल्याउने गरी ३ करोडभन्दा माथिको बजेटका कार्यक्रम मात्र संघ सरकारले ल्याउने तयारी भइरहेको उनको तर्क छ । बजेटको सिलिङ्ग तोक्ने विषयमा देखिएका अन्यौलतालाई चिर्दै सबै मन्त्रालयसँग सामूहिक बहस गरी सामुहिक हितमा सिलिङ्ग तोक्ने र जनपक्षीय लोकतान्त्रिक हितमा बजेट बनाउने कार्यमा सरकार लागिसकेको माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
आईटीका विशेषताहरुलाई बुझ्न डिजिटलाइज्ड सूचना प्रविधिको युगमा निकै सकृय भएर पत्रकारिता गर्नुपर्ने समयमा सोही अनुसार हुनुपर्ने उनको सुझाव छ । शान्ति, प्रगति र स्थिरताका विरुद्ध सामाजिक सञ्जालमा एउटा तत्व सक्रिय भएर विरोध गरिरहेको हुँदा त्यस्ता तत्वहरुको विरुद्ध जनतालाई सजग गराउँदै पत्रकारिता गर्न पनि उनले आफ्नो जनवर्गिय संगठनका संचाकर्मीहरुसँग आग्रह गरे ।
सेन्टरको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटा (कञ्चन) बरिष्ठ नेता लिलामणी पोख्रेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंह लगायतले आ–आफ्ना भनाइ व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिए ।
काम नगर्ने ठेकेदारलाई कार्वाही गर्ने नीति आओस्ः महानगरप्रमुख सिंह


सो क्रममा वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख सिंहले केन्द्र सरकारले घोषित बजेट समयमा नै उपलब्ध गराउन र जिम्मा लिएर काम नगर्ने ठेकदारलाई कार्वाही गर्ने कानून बनाउन पनि नेपाल सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । पत्रकारहरुले पनि कसैको चरित्र हत्या गर्ने पीत पत्रकारिता नगर्न महानगर प्रमुख सिंहको सुझाव छ ।
प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले स्वागत मनतव्य व्यक्त गरेको कार्यक्रममा प्रतिनीधि सभा सदस्य, मधेश प्रदेश उद्योग वाणिज्य मन्त्री सुनिता यादव, वन तथा वातावरण राज्य मन्त्री रहबर अन्सारी, प्रदेश सभा सदस्यहरु लगायत सेन्टरका देशभरीबाट आएका पत्रकार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न प्रदेश जिल्लामा रहेर उत्कृष्ट कार्य गर्ने सेन्टर आबद्ध पत्रकारहरुलाई सम्मान पनि गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Page Image

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●