काबिल सम्वाददाता
वीरगन्ज
संविधानमा मधेशका अधिकार कुण्ठित गरिएको भन्दै २०७२ मा जारी नेपालको संघीय संविधान जलाएका र धेरै पटक संविधान दिवसमा कालो दिवस मनाएका भाग्यनाथ गुप्ता सोमबार एकाएक दुर्गा प्रसाईंको समर्थकका भिडमा देखिए । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउँ महाअभियान नेपालले आयोजना गरेको बिरोध ¥यालीमा गुप्ता प्रसाईंको समर्थकका भिडमा देखिएका हुन् ।
प्रसाईंको फोटो सहितको व्यानर लिएर उनका समर्थकले निकालेको बिरोध ¥यालीमा सहभागीले दुर्गा प्रसाईं जिन्दावाद, जस्ता समर्थनका र सरकारका विरुद्ध भने कडा नारा लगाए ।
मधेश आन्दोलनमा जन–जनमा आन्दोलनको उभार ल्याउने मधेशी जन अधिकार फोरमका तत्कालिन बरिष्ठ नेता भाग्यनाथ गुप्ता सोमबार दुर्गा प्रसाईंको समर्थकका भिडमा देखिदा स्थानीय छक्क परे । कारण प्रसाईं पूर्व राजाका समर्थक हुन् । जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडीको रातोवंगला परिषरबाट प्रसाईंका समर्थकले निकालेको वृहत ¥यालीमा उनी पनि सहभागी भएका थिए । बैंक तथा वित्तीय संस्थाहरुको दबाब तथा उद्योगी व्यवसायीमा परेको प्रभावका विरुद्वमा बिरोध ¥याली निकालिएको छ ।
¥यालीले वीरगन्जको घण्टाघर, माईस्थान चोक हुँदै नगरपरिक्रमा पछि घण्टाघर चोकमा आएर कोण सभा गरेको छ । कोण सभालाई मधेश आन्दोलनका अगुवा मध्येका भाग्यनाथ गुप्ता लगायतले सम्बोधन गरे । सम्बोधनका क्रममा देशमा राम्रो काम गर्नेभन्दा भ्रष्ट र जनतामारा नेता र दलको बिकल्प जनताले चाहेको जनाइएको छ । जनहित र राष्ट्र हितमा काम कसैले नगरेकोले प्रसाईंको विकल्प खोजिएको सहभागीहरुले दावी गरे । प्रसाईंको समर्थनमा पर्सा, बाराका विभिन्न ठाउँबाट सर्वसाधारण र महिलाहरुको ठूलो सभागीता भएको छ ।
गरिबका लागि बोलिदिने नेता र पार्टी कोही नभएपछि आफूहरु प्रसाईंले सुरु गरेको महाअभियानमा सहभागी भएको बाराबाट आएमा महिलाहरुले बताए । बाराको गञ्जभवानीपुरबाट आएका महिलाहरुले नेता जनतालाई लुटेर बसेकोले गरिबको पक्षमा बोलिदिने संस्थाको कार्यक्रममा सहभागी भएको जनाएका छन् । मिटरव्याजीभन्दा बैंक र सहकारीले सेवाग्राहीलाई ठग्दा पनि नेपाल सरकार चुँ नबोलेकोमा भने उनीहरुको आपत्ती छ ।
गरिब तथा विपन्न सेवाग्राहीेले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज मिनाहा गरिनु पर्ने उनीहरुको माग छ । यसको अलावा मुलुक आर्थिक रुपमा टाट पल्टिसकेकोले यसको संरक्षणमा जिम्मेवार नेपाली एक हुनु पर्ने पनि उनीहरुले औल्याए । बर्तमान सरकार र यो व्यवस्था रहेसम्म नेपालीको हित नहुने कोणसभामा बोल्ने अधिकांश बक्ताले बताए ।