spot_img

विदाका दिन पनि प्रहरीले फाँड्यो गाँजा

काबिल सम्वाददाता
वीरगन्ज
पर्सा प्रहरीले गाँजा फडानी अभियानलाई विदाको दिनमा पनि निरन्तरता दिएको छ । सो क्रममा शनिबार पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झबराहामा रहेको झण्डै ३० कट्ठा जग्गामा लगाएको गाँजा नष्ट गरिएको पर्सा प्रहरीले जनाएको हो ।
सो जग्गाको कुल १२ हजार जति गाँजाको बोट फडानी गरी नष्ट गरिएको पर्सामा प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए । बिशेष सूचनाको आधारमा पर्सा प्रहरी कार्यालयबाट र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीको कमाण्डमा गरी कुल ५० जना प्रहरी परिचालन गरिएको उनको भनाइ छ । गाँजा खेतीमा संलग्न व्यक्तिको पहिचान र खोजतलास गरी कानून बमोजिम कार्वाही गरिने पनि पर्सा प्रहरीलेको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

Page Image

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●