spot_img

एमाले अध्यक्ष ओलीले भने ‘राम जन्मभूमि पर्साको ठोरी नै हो’

काबिल समवदाता
पोखरिया
राम जन्मभूमि भारतमा नभई नेपालमा नै भएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि बताएका छन् । १८ दिनपछि पुनः पर्सा आइपुगेका एमाले अध्यक्ष ओलीले मंगलबार पर्साको पोखरियामा सो कुरा बताएका हुन् ।
नेकपा एमाले पर्साले आयोजना गरेको बृहत सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई मंगलबार पर्साको पोखरियामा सम्बोधन गर्दै उनले राम जन्मभूमि भारतमा नभई नेपालमै भएको फेरि दावी गरे । कालो सूचिमा परेका साविकका चर्चित ठेकदार हरिनारायण रौनियार लगायतलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले भगवान रामको जन्मभूमि पर्साको ठोरीमा नै भएको बताए ।
भगवान रामको जन्मभूमि बारे भारतको अदालतले समेत रामको जन्मभूमि अयोध्या भएको कुनै प्रमाण नपाइएको र त्यसको खोजी हुनुपर्ने भनेको’ खुलासा गर्दै उनले भारतसँग सीमा जोडिएको जिल्ला पर्सामा नै पुगेर राम जन्मभूमि पर्साकै ठोरीमा रहेको बताए । ‘रामायण र धर्मशास्त्रको गहिरो अध्ययन अनुसन्धानले राम जन्मभूमिको आधार यहिं नजिकै ठोरीमा भनेको छ’ उनले दावी गरे । ‘अयोध्या भनिएको भारतमा रामको जन्मभूमिको खोजि भइरहेको छ’ उनले थपे । अध्यक्ष ओलीले ‘विभिन्न शास्त्र, रामायण, जस्ता धार्मिक ग्रन्थहरुले रामको वास्तविक जन्मभूमि अयोध्यापुरी नै हो लेखेका छन्’ जुन नेपालमा नै पर्छ उनले बताए । ‘एक सय ५० वर्ष अगाडि भारतमा रहेको अयोध्या त फैजावाद रहेको खुलेको छ’ अध्यक्ष ओलीले बताए ।
एमाले वाहेक अरु पार्टीबाट देश नबन्ने जिकिर


‘धार्मिक, सांस्कृतिक तथा विकास निर्माण र मुलुकको समृद्धि गर्ने काम एमाले वाहेक नेपालमा अरु कुनै दलले गर्न सक्दैन’ अध्यक्ष ओलीले जिकिर गरे । भर्खर म आएको हुलाकी सडक एमाले सरकारमा भएकै समया हामीले बनाएको हो । अति प्रज्वलित भन्दै गाडीमा ल्याइने पेट्रोलिम पदार्थ जमिनमुनि पाइपमार्फत बाराको अमलेखगञ्जसम्म हाम्रै पालामा ल्याएको हो । अब लोथरसम्म पाइपबाटै पुग्छ उनले भने । एमाले सरकारबाट हटेपछि विकास निर्माण र मुलुकको हितका सबै काम ठप्प छन् उनले दावी गरे ।
देशको सम्बन्ध समान हैसियतमा
जनसंख्या थोरै भएर, भूगोल सानो भएर र गरिब भएर देश असमान हुँदैन । एक देशको सम्बन्ध अर्को देशसँग समानताका आधारमा हुन्छ । एमालेले छिमेकी राष्ट्रहरुसँग पनि सम्बन्ध विगार्न चाहेको होइन । तर कहिले नबिग्रने गरी ठोस रुपमा टुँग्याएर जानु पर्छ मात्र भनेर हो उनले थपे । यो सब कुरा र देशको विकास एमालेको एकल बहुमत आयो भनेमात्र सम्भव छ । अरु पार्टीले गर्न सक्दैनन् । मुलुको सामाजिक एकता, भ्रष्टचारको अन्त्य र समृद्ध नेपाल सुखी नेपालीको अधुरा काम सबै गर्नुछ । त्यसैको लागि ‘एमालेले मिसन २०८४’ को एजेण्डा लिएर हिडेको छ, तपाईहरुले पनि साथ दिनुस् उनले पर्सेली जनता सामु भने ।
अध्यक्ष ओलीले पोखरिया नगरपालिकाको विकासको मामिलामा प्रधानमन्त्रीसँग मंगलबार नै कुरा गर्ने पनि बताए । नेपालमा बन्ने १३ ‘स्मार्ट सिटी’ मध्ये अब पोखरिया पनि पर्ने उनले तर्क गरे । जिल्लाको बीच भागमा पर्ने पोखरियामा सरकारी सेवाका सेवा केन्द्रहरुको विस्तार हुनु पर्ने पनि उनको भनाइ छ । आफ्ना नेता कार्यकर्ताहरु तर्फ पनि संकेत गर्दै अध्यक्ष ओलीले नयाँ पुराना नभनी मिसन २०८४ लाई लिएर हिड्न सुझाव दिए । जसले पार्टीमा ईमान्दारी साथ काम गर्छ उसले अवसर पाउँछ । नयाँ पुराना भन्ने हुन्न उनले भने । निर्वाचनमा घात अन्तरघात कसैले नगर्न उनले चेतावनी दिए ।
नाती पर्ने दुर्गा प्रसाईं तर्फ संकेत गर्दै उनले कसैले बोकेका नयाँ तत्व, शिखण्डीहरु हामी कसैलाई चिन्दैनौं भने । राजाको जवानीमा नेपाली सेना बोकेको राजालाई फाल्ने, राणा, निरंकुशतालाई फाल्ने एमालेलाई कसैले सीसाको गिलास खिस्रिक्क ठोकिएर फुटे जस्तो नठान्न उनले चेतावनी दिए । पार्टीका युवाहरुले काठमाण्डौमा मंसिर ७ गते के सानो भेला गर्न खोजेको त्यसलाई च्यालेन्ज गर्न गाडीमा मान्छे ओसार्दै गरेको सुनेको छु । १५ वर्ष अगाडी बैंसमा पछारिएको राजसंस्थाको हलावा दिएर कसैले एमालेलाई कमजोर नआँक्न उनको चेतावनी छ ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●