काबिल सम्वाददाता
टी–२० को त्रिकोणात्मक सिरिजमा नेपाल यूएईसँग अन्तिममा आएर पराजित हुँदा खेलको उपाधि यूएईले उचालेको छ । उसले ५ विकेटको क्षतिमा नेपालले दिएको लक्ष्य चुम्दै उपाधि उचालेको हो ।
नेपालले उपाधिका लागि दिएको १६३ रनको लक्ष्य यूएईले ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन मात्र चाहिंदा बासिल हमिदले छक्का हान्दै जित यूएइको पोल्टामा पारे । जितका लागि कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले राम्रो आधार खडा गरे । नेपाललाई पहिलो विकेट लिन ७१ रन खर्चनु प¥यो । वसिम र शर्मा दुबैले पहिलो विकेटका लागि ७१ रनको साभेदारी खेले । पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका वासिमले लगातार दुई चौका हान्दै पहिलो ओभरमै १७ रन बनाउन योगदान गरे । त्यसलगत्तै युएईले आक्रमक ब्याटिङ गर्दै दोस्रो ओभरमा १० रन जोड्न सफल भयो । फेरि थप तीन ओभरमा ११–११ रन जोड्यो । युएईले पावर प्लेमा विना क्षति ६७ रन बनाएर उपाधिका लागि लगातार रनको पारी बटुलिरह्यो ।
नेपालले वासिमलाई दुई पटक आउट गर्ने अवसर पाए पनि कमजोर फिल्डिङका कारण त्यो सफलता नेपाललाई हात लागेन । सातौं ओभरको चौथो बलमा गुल्सन झाले कप्तान वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराएपछि मात्र यूएईको पहिलो विकेट झ¥यो । २२ बलको सामना गरेका बासिम ७ चौका र २ छक्का मदतमा ४५ रन बनाउँदै पेभेलियन फर्किए । टिमको स्कोर ९४ हुँदा अर्यान्श ३५ रन, आसिफ खान ७ रनमा आउट भएर बल्ल ३ विकेट झरेको हो । वृत्य अरवीन्दले चौथो विकेटका लागि अलिशान शराफूसँग २६ रनको साझेदारी गरे । शराफू ११ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरीले डाइरेक्ट हिटमार्फत यएईले थप ७ रन जोड्दा अरवीन्द्रलाई रन आउट गराउन सफल भएका थिए । तर यो सफलताले पनि नेपाललाई शुक्रबार भने पुगेन । तर बसिल हमिद र अली नासीरले २५ रनको साझेदारी गर्दै यूएईलाई जित नजिक पु¥याए । नसीर ११ रनमा आउट भए, जतिबेला यूएईको स्कोर १५२÷६ थियो र ८ बल बाँकी थियो । अभिनाश बोहोराको ओभरको अन्तिम बलमा आयान अफ्जल खानले चौका हानेपछि अन्तिम ६ बलमा ७ रनमात्र यूएईलाई आवश्यक प¥यो ।
करण केसीले पहिलो बलमा २ रन खर्चिएका उनले दोस्रो बलमा रन दिएनन् । त्यसपछि एक रन, वाइड र एक रन दिएपछि यूएईलाई अन्तिम २ बलमा मात्र २ रन चाहियो । अन्तिम ओभरको पाँचौं बलमा हमिदले छक्का हान्दै यूएईलाई सिरिजको उपाधि दिलाए ।
नेपालका अभिनाश बोहोरा र गुल्सन झाले २÷२ विकेट लिए भने कुलश मल्लले १ विकेट लिए । ३.५ ओभर बलिङ गरेका करण केसीले ४२ रन खर्चिए । यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्र बनाउन सकेको हो ।
भुर्तेलले सर्वाधिक ५० रन बनाए । लोअर अर्डरमा करण केसीले अविजित २३ रन योगदान गरे । पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ४३ रनको साझेदारी गर्दै नेपाललाई सामान्य अवस्था दिलाए ।
पहिले मुलपानी क्रिकेट मैदानमा भएको लिग चरणको चार खेलमा संघर्ष गरेका कुशल भुर्तेलले फाइनलमा भने आक्रमक ब्याटिङ गर्दै छैटौं टी २० आई अर्शधतक बनाए पनि त्यो उनको अर्धसतकीय पारी उपाधिका लागि भने कामयावी हुन सकेन । २९ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ५० रन बनाएका उनी अर्धशतक पूरा गरेलगत्तै आउट भएका थिए ।
ओपनर आसिफ शेख ७ र कुशल मल्ल १ रनमा आउट भए । दुवैलाई युएईका अफजल खानले आउट गरे । पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका उनले उनले छैटौं बलमा शेखलाई बोल्ड गरे । तीन विकेट गएपछि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । यो जोडीले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर १३ औं ओभरमा दुवै आउट भएपछि भने नेपालको उपाधी यात्रामा गतिलो रनस्कोर खडा हुन सकेन ।
यूएईका आयान खानले ४ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । अली नासीर र जाहुर खानले २–२ विकेट लिए । ४ ओभरमा जहुरले २६ र नासीरले ३६ रन खर्चिएका थिए । जुनैद सिद्दिकीको नाममा १ विकेट रह्यो ।
१३ कात्तिकदेखि काठमाडौंमै सुरु टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजित त्रिकोणात्मक श्रृखलामा नेपाल र यूएईसँगै हङकङले पनि खेलेको थियो । नेपालले लिग चरणको चार वटै खेल जिते पनि शुक्रबार फाइनलमा भने जित गुमाएको हो । यूएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो । अन्तिम खेलमा हङकङसँग पराजित भए पनि नेट रनरेटमा आधारमा फाइनलमा नेपालसँग भेट पक्का गरेको उसले उपाधी भने पक्का गरेको हो ।