spot_img

ताजा अपडेट

spot_img

एमाले प्रवेशीहरुलाई सचिव भट्टराईले गरे स्वागत

काबिल सम्वाददाता
विभिन्न पार्टी परित्याग गरी पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा एमालेमा पार्टी प्रवेश गर्नेको लहर नै लागेको छ । एक हजार बढि पार्टी प्रवेशीलाई नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले पार्टीमा स्वागत गरेका हुन् ।
उनकै प्रमुख आतिथ्यमा सम्पन्न बिशेष पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा, लोसपा पार्टी परित्याग गरी करिब १ हजार एक सय जति स्थानीय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले स्थानीय नेता सलाउदीन अहमदले बताए ।


नयाँ पार्टी प्रवेशीलाई पार्टीमा सचिव भट्टराई लगायत एमालेका स्थानीय नेता तथा केन्द्रिय सदस्य र पार्टीका सल्लाहकारले स्वागत गर्दै बधाई दिएका थिए । पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरी नेसार समानीको नेतृत्वमा २ सय जनाभन्दा बढि एमालेमा पार्टी प्रवेश गरेको नेता अहमदले दावी गरे । त्यसैगरी नेपाली कांग्रेसका बृजेश्वर प्रसाद चौधरी र नगिना राउत अहिरको नेतृत्वमा २०, दिपेन्द्र यादवको नेतृत्वमा एक सय, गोरा महतो थारुको नेतृत्वमा ५ सय र शंकर साहको नेतृत्वमा पनि ५ सय जति अन्य दलका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको सहभागीहरुको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ