spot_img

ताजा अपडेट

spot_img

छापामारी कोल्हबीबाट १६८ किलो गाँजा बरामद, गाँजाधनी फरार

वीरगंज, २१ असार । जिल्ला प्रहरी कार्यालय बाराले १६८ किलो गाँजा बरामद गरेको छ ।
बिहिबार बिहान ६ः३० बजेको समयमा जिल्ला बारा कोल्हवी न.पा. ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाई छिपाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीले छापामारी गरी १६८ किलो गाँजा बरामद गरेको हो ।
प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको टोलीले जितेन्द्र चौधरीको घरमा पुगेपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ
घरमा कोही नभेटिएको र स्थानीय जनप्रतिनिधीको रोहवरमा घरमा खानतलासी गर्दा कोठा भित्र लुकाएर राखिएको १६८ किलो गाँजा बरामद गरेको प्रहरीको भनाइ छ। अहिले सो गाँजा इलाका प्रहरी कार्यालय कोल्हबी ल्याई राखिएको छ ।
प्रहरीले घरधनी जितेन्द्र चौधरीको खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्ष्क पुरूषोत्तम प्रसाद पाण्डेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ