spot_img

ताजा अपडेट

नेकपा एमालेको तोक्यो जिल्ला र प्रदेश अधिवेशन

- Advertisement -

काबिल सम्बाददाता
पर्सा
नेकपा एमाले मधेश प्रदेशले जिल्ला र प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ । पर्सा जिल्ला कमिटिको बैठकमा पनि सो कुरा सार्वजनिक गरिएको हो ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराइको प्रमुख आतिथ्यमा बसेको पार्टीको पर्सा जिल्ला बैठकले जिल्ला अधिवेशन, सचिवालय गठन र पालिका तहको बैठक लगायत अन्य कामको जिम्मेवारी समेत तोकेको छ । यसका लागि एमाले प्रदेशको प्रथम अधिवेशन असोज ५÷६ गते तोकिसकेको हो । त्यसै गरी पर्सा जिल्लाको अधिवेशन पनि आगामी आश्विन २२÷२३ गते गर्ने निर्णय गरेको बैठकमा सहभागी स्थानीय नेताहरुले बताए । असार महिना भरीमा भने सदस्य नविकरण समेत टुग्याइसक्ने जनाइएको छ ।


बैठकमा प्रमुख अतिथि सचिव भट्टराइले आफू पर्सामा आएको बेलाको केही तितामिठा अनुभव सुनाउदै अब भने पर्सा जिल्लालाई व्यवस्थित गर्दै लान पर्ने बताए । नेकपा एमाले भनेको दक्षिण एसियामा सबैभन्दा बलियो सगठन र धेरै कार्यकर्ता भएको पार्टी भनेको भन्दै कै एमाले भएको बताउदै पार्टिको हरेक निर्णय प्रकृयामा कार्यकर्तालाइ सहभागी बनाएर उत्कृष्ट बनाउने,बैचारिक छलफल गर्ने, प्रशिक्षण दिने र स्थानिय तहसम्म्लाई पार्टीको जिम्मेवारी दिइ पार्टी संगठन सुदृढीकरण अभियान चलाउने उनको भनाइ छ । पार्टीको जबजभन्दा राम्रो बिचार अरु कुनै पार्टीको नभएको दाबी गर्दै केन्द्रिय सचिव भट्टराईले अब हाम्रा नीति र कार्यक्रमलाई जनताको माझमा लिएर जान आफ्नो आफ्नो तहमा जिम्मेवारी समेत तोकिने जनाए ।
पर्सा जिल्ला संयोजक डा विसम्बर शर्माको अध्यक्षता बसेको बैठकमा एमालेका पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, अच्युत मैनाली, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ