spot_img

ताजा अपडेट

spot_img

जीतपुरसिमराबाट २६२ किलो गाँजा बरामद

वीरगंज, १५ असार । जिल्ला प्रहरी कार्यालय, बाराले भारतीय नम्बरको ट्रकबाट २६२ किलो गाँजा बरामद गरेको छ ।
बिहीवार जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर सडकखण्डमा पार्किङ गरिएको बिआर–२५ जिए १४५८ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा फल्स बटम बनाइ लुकाएर राखिएको २६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक पुरुषोत्तम पाण्डेले बताए ।
इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद भए पनि चालक भने फरार भएको र उनीहरुको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ