spot_img

ताजा अपडेट

पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, विभिन्न क्रिया प्रतिक्रिया सुरु

काबिल सम्वाददाता 
वीरगन्ज
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री (प्रम) केपी शर्मा ओली र नेपाली कांग्रसका नेता पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक दुवैलाई आ–आफ्नै निवास गुण्डु र कटुन्जेबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।
दुवै नेताहरुलाई पक्राउ गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको थियो । सूर्य विनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली शनिबार बिहान ५ः०० बजे गुण्डु पुगेर पूर्व प्रधानमन्त्री ओलीलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई पनि शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार पक्राउलगत्तै ओलीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो । आवश्यक स्वास्थ्य परीक्षण पश्चात् उनलाई महाराजगन्जस्थित २ नम्बर गणमा लाने तयारी गरिएको ती अधिकारीले पुष्टि गरे ।
कानून र विधिको सुरुवातः गृहमन्त्री
गणतान्त्तिक नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले “कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो”, भनी उनले फेसबुकमा लेख्दै दावी गरेका छन् । अब देशले नयाँ दिशा लिने विश्वाससमेत आफ्नो फेसबुक स्टाटसमा व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले २४ घण्टा वित्न नपाउँदै यो कदम चालेको हो । नेर्वाचन गराउन गठित निवर्तमान शुशिला कार्की नेतृत्वको सरकारले गठन जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने क्रममा यो कदम उठाइएको गृहमन्त्री गुरुङ्गले दावी गरेका छन् ।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक लगायतमाथि फौजदारी कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको दावी गरिएको छ । सोही सिफारिसका आधारमा प्रहरीले शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरेको गृहमन्त्री गुरुङ्गको प्रष्टोक्ति छ ।
माइतीघर र देशका विभिन्न ठाउँमा तनाब 
पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ परेको बिरोधमा रिहा गरिनुपर्ने माग सहित काठमाण्डौको माइतीघर चोक र देशका विभिन्न भागमा शनिबार मध्यान्ह ३ बजे पछि एकैपटक विरोधका कार्यक्रम भएका छन् । प्रतिशोधपूर्ण र गैर ढंगले दुवै नेताहरुलाई बालेन नेतृत्वको सरकारले पक्राउ गरेको भन्दै एमाले नेता तथा कार्यकर्ताहरुले काठमाण्डौ र देशका विभिन्न ठाउँमा विरोध गरेका हुन् । विरोधका क्रममा अवस्था केही तवावपूर्ण हुँदा काठमाण्डौ र देशका केही ठाउँमा प्रहरीसँग झडपको अवस्था पनि सृजना भएको छ । झडपमा केही घाइते र केही पक्राउ परेको प्रहरीले पनि पुष्टि गरेको छ ।
एमालेको आकस्मिक बैठक, विभिन्न निर्णय
आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको भन्दै एमालेले सचिवालयस्तरको आकष्मिक बैठक शनिबार नै बोलाई विभिन्न निर्णय गरेको छ । जस अन्तर्गत शनिबारको प्रदर्शन, आइतबार हरेक जिल्ला कमिटिले स्थानीय प्रशासनमा ज्ञापन पत्र बुझाउने लगायत रहेको जनाइएको छ । नयाँ सरकारले शपथ खाएको २४ वित्न नपाउँदै उसको आदेशमा प्रहरीले गरेको गिरफ्तारीलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लगाउत कानूनविद् र बुद्धिजिबीहरुका विरोध र समर्थनमा विभिन्न किसिमका टिप्पणीहरु आउन थालेका छन् । विधिसम्वत कदम नचालिए उचित हुने नयाँ सरकारलाई धेरैको सुझाव छ । प्रतिशोध र पूर्वाग्रही तवरले अगाडी बढ्दा द्वन्दको अवस्था सृजना हुने कुरामा पनि धेरैको संकेत छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ