spot_img

ताजा अपडेट

वीरगन्ज बालसुधार गृहका २५ बालकैदीबन्दी स्थानास्तरण

काबिल सम्वाददाता
वीरगन्ज
पर्साको वीरगन्जमा रहेको बालसुधार गृहमा रहेका २५ जना बाल कैदीबन्दीहरु नुवाकोट जिल्लामा स्थानान्तरण गरिएको छ । कानून विपरित विभिन्न हिंसा तथा अपराधमा सम्लग्न भई थुनामा बस्न पर्ने र कसुरदार भई कैदी जीवन विताइरहेका मध्ये २५ जनालाई २०८२ फागुन २५ गते नुवाकोट जिल्ला बाल सुधार गृहमा स्थानान्तरण गरिएको हो ।
बालसुधार गृह वीरगन्जमा फागुन २५ गते ९१ जना बालकैदी बन्दी थिए । तिनीहरु मध्ये १८ वर्ष पूरा भएका २५ जनालाई नुवाकोट पठाइएको बालसुधार गृह वीरगन्जका प्रमुख टिकाकृष्ण काफ्लेले काबिलखबरलाई बताए । बाल सुधार गृहमा व्यवस्थापनमा जटिलता भइरहेको र सुधारगृहमा बसेका मध्ये युवा उमेरमा प्रवेश गरेका मध्येलाई नुवाकोट पठाइएको उनको भनाइ छ । ५० जना बालकैदी बन्दी अट्न सक्ने क्षमता भएको वीरगन्जको बालसुधार गृहमा क्षमताभन्दा अझै धेरै बालकैदीबन्दी राख्नु परेको बालसुधार गृहका प्रमुख काफ्लेको तर्क छ ।
थप समस्या
व्यवस्थापनमा सहजता ल्याउन यहाँका बालकैदीबन्दी बाहिर पठाइए पनि अझ सकस बढेको बाल सुधार गृहले जनाएको छ । क्षमताभन्दा बढि बाल कैदीबन्दी भएर यहाँका बाहिर पठाएकै भोली पल्ट अर्थात गएको फागुन २६ गते नै भक्तपुरबाट उल्टै त्यो भन्दा बढि अर्थात ३१ जना बाल कैदीबन्दी वीरगन्ज बालसुधार गृहमा पठाएको छ । यहाँको संख्या घटाउन बाहिर पठाएको अर्को दिन नै भक्तपुरबाट थप बाल कैदीबन्दी पठाइए पछि झन यहाँको व्यवस्थापन सकसपूर्ण भएको बालसुधार गृह वीरगन्जको गुनासो छ । त्यसमा पनि गएको चैत १० गते मंगलबार एकजना जजक मुद्दाका एक थपिएपछि अहिले वीरगन्जको बालसुधार गृहमा चैत १२ गतेको मितिमा कुल ९७ जना बालकैदीबन्दीहरु भएको बालसुधार गृह वीरगन्जले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ