काबिल सम्वाददाता
वीरगन्ज
प्रतिवन्धित लागु औषध ट्रमाजोल ट्याब्लेट सहित पर्सामा २ अभियुक्त पक्राउ परेका छन् । नेपालमा उत्पादन नहुने भारतमा उत्पादन भएको भारी परिणामको प्रतिवन्धित लागु औषध ट्रमाजोलसहित पर्सामा दुई अभियुक्त रंगेहात पक्राउ परेका हुन् ।
लुकाई छिपाई भारतबाट सीमा नाकापार गर्दै वीरगन्जको बसपार्क ल्याई त्यहाँबाट पनि ना १ ज २७६५ नम्बरको रातो रंगको सुमो गाडीमा राखेर काठमाण्डौ लाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिकाको गण्डक चोकबाट प्रतिवन्धित लागु औषध सहित अभियुक्तहरु पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । शनिबार मध्यान्ह गाडी चेकजाँच गर्दा प्रतिवन्धित लागु औषध ट्रमाजोल भेटिएपछि अभियुक्तहरु पनि पक्राउ गर्नु परेको प्रहरीको भनाइ छ ।
त्रिपालले छोपेर सुमोको छतमा हरियोमा पहेंलो कालो रंगको जेब्रा झोला र पहेंलोमा कालो रंगको बोरा भित्र लुकाई छिपाई ट्रामाजोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजीको ५२ हजार ३ सय ट्याव्लेट काठमाण्डौ लाँदै गरेको समयमा बरामद भएको पर्साका प्रहरी उपरिक्षक सुदीपराज पाठकले बताए । दशी बरामद भएपछि अभियुक्तहरुलाई पनि प्रहरीले नियन्त्रणममा लिएको प्रहरी उपरीषक पाठकको भनाइ छ । ठूलो परिणामको प्रतिवन्धित लागु औषध फेला परेपछि सामान सहित अभियुक्तहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको उनले बताए ।
पक्राउ पर्ने अभियुक्तहरुमा बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरिया डीह बस्ने बर्ष ४२ को अशिष राउत अहिर र पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बस्ने वर्ष ३० को सुवास सर्राफ रहेको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई लागु औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीषक हरि बहादुर बस्नेतले बताए । विभिन्न तरिकाले लुकाई छिपाई सीमा पारीबाट तयारी अवस्थाको लागु औषध नेपाल भित्र्याउने कार्य यो पहिलो चाही होइन । यो घटना पनि विगतकै निरन्तरता भएको पर्साका प्रहरी नायव उपरीषक बस्नेतले तर्क गरे ।
भारतमा उत्पादन भएको तयारी अवस्थाको विभिन्न किसिमको प्रतिवन्धित लागु औषध सीमावर्ती जिल्लामा योभन्दा पहिले पनि पटक–पटक बरामद हुने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

