spot_img

ताजा अपडेट

पर्सेली जनतालाई दिए ‘सांसद पन्त’ले ‘धन्यवाद’

काबिल सम्वाददाता
वीरगन्ज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै उमेद्वारलाई जिल्लाबाट निर्वाचित गराएकोमा नवनिर्वाचित सांसद बुद्धिप्रसाद (हरि) पन्तले मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक धन्यवाद दिएका छन् । उनले हार्दिक धन्यवाद भने सांसदको भूमिकाभन्दा माथि उठी रास्वपा पर्सा अध्यक्षको तर्फबाट दिएको जनाएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा आफु लगायत चारै क्षेत्रबाट रास्वपाका उम्मेदवारहरुलाई विजयी गराउनु भएकोमा सम्पूर्ण पर्सेली मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरु प्रति धन्यवाद दिन्छु उनले एक सन्देश जारी गरी धन्यवाद एवं शुभकामना दिएका छन् । पन्तले आफूसँगै जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयी गरी परिवर्तनको लहर पर्सामा पनि अंगिकार गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछु उनले सन्देशमा भनेका छन् । देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न रास्वपाले छेडेको अभियानमा पर्सेली मतदाता पनि सरिक हुनु त्यो प्रतिबद्धता पूरा गर्ने तर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने पनि जनाएका छन् ।
“पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा आफू सहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा साथीहरू र परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।” उनले सन्देशमा स्पष्ट भनेका छन् ।
मतदाताहरूको साथ, सहयोग र मार्गदर्शनले नेपालभरि परिवर्तनको लहर आएको पनि सन्देशमा दाबी गर्दै उनले “तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशै भरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” पनि भनेका छन् ।


आगामी दिनहरूमा पर्साका चारै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासनलाई अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारीमा दत्तचित्त रहने पनि उनको प्रतिवद्धता छ । देशलाई प्रगतिको बाटोमा लैजाने आफूहरूको यात्रामा सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको भने खाँचो रहने पनि उनले सन्देशमा जनाएका छन् । “हाम्रो यात्रामा सहकार्य गर्नुहुने तपाईँ सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको आवश्यकता रहनेछ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।
पर्सा जिल्लामा उल्लेखनीय सफलता हासिल गरेको कुरा तर्फ राजनीतिक विश्लेषकहरूले परिवर्तनको सङ्केत भनेका छन् । स्थानीयस्तरमा पार्टीको प्रभाव विस्तार भएको र राष्ट्रियस्तरमा भ्रष्टाचार विरोधी अभियानलाई बल पु¥याउने दिशामा पर्सा पनि ठिंग उभिएको उनीहरुको टिप्पणी छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ