spot_img

ताजा अपडेट

उमेद्वार चढेकै गाडीमा भेटियो विष्फोटक पदार्थ, उनी पक्राऊ

काबिल सम्वाददाता
   वीरगन्ज
पर्साका क्षेत्र नम्बर २ का नेपाली कम्यूनिष्ट पार्टाीका उमेद्वार चढेको बा १० च १२५० नम्बरको गाडीमा विष्फोटक पदार्थ फेला परेपछि उनी पक्राउ परेका छन् । उनी सवार गाडी सहित त्यहाँ सवार थप तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । निर्वाचन आचार संहिता विपरित नेपाली कम्यूनिष्ट पार्टीका तर्फबाट पर्साको क्षेत्र २ का उमेद्वार वर्ष ४६ का मनोज कुमार चौधरी सवार गाडीमा विष्फोटक पदार्थ फेला परेको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी पुष्टि गरेको हो ।
उमेद्वार चौधरीलगायत चार जना र गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक सुदीपराज पाठकले बताए । मंगलबार साँझ उमेद्वार चौधरी पर्साको पर्सागढी ३ हरपुरबाट बडनिहार बजार तर्फ बा १० च १२५० नम्बरको गाडीमा जाँदै रहेछन् । सो समयमा निर्वाचन सुरक्षार्थ खटेको पर्साको संयुक्त सुरक्षाकर्मीको चेकिङ्ग टोलीले गाडीमा चेकजाँच गर्दा गाडीको डिकीमा शंकास्पद बस्तु फेला पारेको हो । सो शंकास्पद बस्तु फेला परेपछि गाडीमा सवार उमेद्वार चौरधीलगायत अन्य तीन जनालाई पनि सुरक्षाकर्मीको टोलीले नियन्त्रमा लिएको उनको भनाइ छ ।
प्रहरी नियन्त्रणमा पर्नेहरु पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौका स्थायी बासिन्दा प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य पदका उमेद्वार चौधरी, बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २६ को सहाब आलम अन्सारी, धनुषा जिल्लास्थित धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३० को सुरज कार्की र पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ बस्ने वर्ष ६८ को सत्यनारयाण थारु रहेको पर्सा प्रहरीले सार्वजनिक गरेको छ । बुधबार बिहान ३ बजेतिर नेपाली सेनाको बम डिष्पोजल टोलीले सो गाडीमा फेला परेको शंकास्पद बस्तुलाई डिष्पोजल गर्दा विष्फोटक पदार्थ रहेको पुष्टि भएको पनि पर्सा प्रहरीको भनाइ छ । अभियुक्तहरु चढेको सवारी फागुन १९ गते मंगलबार अन्दाजी २२ः१० बजेको समयमा पर्सागढी नगरपालिकाको हरपुरबाट बड्निहार बजारतर्फ आउने क्रममा चेकजाँचमा परेको थियो । सो गाडीमा पछाडी डिकीभित्र पहेंलो टेपले बेरिएको चारपाटे टिनको सानो बक्सा भित्र शंकास्पद बस्तु देखिएको प्रहरीले विस्तृतमा बताएको हो ।
आफ्ना उमेद्वारलाई पसाइयोः नेपाली कम्युनिष्ट पाटी  
आफ्नो पार्टीका तर्फबाट पर्साको क्षेत्र नम्बर २ का उमेद्वार चौधरीलाई कसैले सुनियोजित तवरले फसाइएको पर्सामा रहेका नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्यहरु नागेन्द्र चौधरी, बालगोपाल थापा, विजय महतो, बाबुराम कौसिक, राजकुमार घिमिरेलगायतले पत्रकार सम्मेलन गरी दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय नजिक रोडमा नै पत्रकार सम्मेलन गरी उनीहरुले आफ्नो उमेद्वारको पक्षमा राम्रो जनलहर बनेपछि विरोधीले फसाएको दावी गरेका हुन् । गाडीको विग्रिएको डिकी भित्र शंकास्पद बस्तु राखि दिएको हुनसक्ने उनीहरुको दावी छन् । आफै चढेको गाडीको कस्ले विष्फोटक पदार्थ राखी सवार हुन्छ र ? उनीहरुले प्रतिप्रस्न गरे । यो सुरक्षा संयन्त्र भित्रबाट पनि कसैले गलत नियतले यस्तो गरेको हुन सकने उनीहरुको जिकिर छ ।
वीरगन्जमा सुतली बम बनाउने तीन पक्राऊ
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवागाउँबाट सुतली बम बनाउँदै गरेको अवस्थामा नेपाली सेना सहितको निर्वाचन एकिकृत सुरक्षा टोलीले तीन युवालाई नियन्त्रणमा लिएको छ । ९ थान सुतली बम सहित बम बनाउन प्रयोग गर्ने तार सहित उनीहरुलाई पनि बुधबार बिहान राती २ः४५ बजेको समयमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेत बताए । बिशेष सूचनाका आधारमा इनार्वागाउँबाट सुतली बम ९ थान, सुँगुरको टाउको १ थान, वायरिङ्गतार १० मिटर सहित अभियुक्तहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।
भिन्न–भिनन दुई घटनामा पक्राउ परेका अभियुक्तहरुलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर, सार्वजनिक शान्ति विरुद्धको कसूर र निर्वाचन सुरक्षामा खलल पु¥याउनेसम्बन्धी कसूरमा थप अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ